डुम्रेमा बस र स्कुटर ठोक्किँदा दुई जना गम्भीर घाइते

तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित पृथ्वी राजमार्गमा आज दिउँसो भएको बस र स्कुटर दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी चौकी डुम्रेले दिएको जानकारी अनुसार आज मिति २०८२ असोज २५ गते दिउँसो करिब १२:१० बजे आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ ख ९७०८ नं.को बस र विपरीत दिशातर्फ गइरहेको ग २६ प ९२८७ नं.को स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा स्कुटर चालक गोरखा धार्चे गाउँपालिका–७ निवासी २८ वर्षीय कुलराम गुरुङ र सोही स्कुटरमा सवार ३२ वर्षीय मनोज गुरुङ गम्भीर घाइते भएका छन्। दुवै जनाको दुबै खुट्टा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

दुवै घाइतेलाई स्थानीय लक्ष्मी सीटी अस्पताल डुम्रेमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नयाँ सीएमसी अस्पताल, भरतपुर (चितवन) रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण अनुसन्धान भइरहेको इलाका प्रहरी चौकी डुम्रेले जनाएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker