यौनजन्य हिंसा र दुर्व्यवहार रोकथाम विषयक अन्तरक्रिया
भञ्ज्याङ न्यूज

जीवन उपयोगी सिप तालिम अन्तर्गत -रुम टु रिड) बालिका शिक्षा कार्यक्रम पढ्नका लागि कक्षा कोठाको आयोजनामा यौनजन्य हिंसा र दुर्व्यवहार रोकथाम विषयक अन्तरक्रिया गरिएको छ । म्याग्दे गाँउपालिका-२ को राधा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा यस विषयमा अन्तरक्रिया गरिएको हो ।
म्याग्दे-२ का वडाध्यक्ष शिव वहादुर रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले रुम टु रिडको कार्यक्रम अत्यन्त व्यवहारिक भएको बताए । पालिकाले वालवालिकाको वृद्धि विकासमा सदैभ तत्पर रहेको बताउँदै वालिको खेल्ने, बढ्ने र सिक्ने उमेरमा पढ्नका लागि कक्षाकोठा कार्यक्रमले महत्वपूर्ण भुमिका खेलेको बताए ।
बालिकाको हरेक समस्यामा अभिभावकत्व ग्रहण गरेर बालिकाको समस्यामा घरमा नै गएर अभिभावकसँग समन्वय गरी शिक्षा, स्वास्थ्य र चेतनाको विकास गर्न महत्वपूर्ण भुमिका खेलेको र अगामी दिनमा पनि यस्तै कार्यक्रमको अपेक्षा गाउँपालिकाले गरेको अध्यक्ष श्रेष्ठले बताए ।
पढ्नका लागि कक्षा कोठा कार्यक्रमका वरिष्ठ सामाजिक परिचालक अम्विका ओझाले कार्यक्रममा वालिकाको व्यक्तित्व विकास, वालिकाको पढाइमा निरन्तरता सम्वन्धी विषयमा धारणा राखेका थिए । कार्यक्रममा कक्षा ९ का १८ जना वालवालिकालाई यौनजन्य हिंसा र दुर्व्यवहार कसरी रोकथाम गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए। सामुहिक छलफल गरी बालिकासँग प्रश्नोत्तर लेखन, समुहगत उत्तरको अभ्यास गरिएको थियो।
राधा माविको कक्षा ८, ९ र १० मा अध्ययनरत १३७ जना विद्याथीलाई वालिकाको वृत्ति विकास, क्षमता अभिवृद्धि लगायतका कार्यक्रम गर्दै आएको परिचालक ओझाले बताईन ।
यस्तै, कार्यक्रममा पालिकाका प्रमुख प्रशाशकीय अधिकृत नारायण प्रसाद अधिकारीले वालिकामाथी हुने अभद्र व्यवहार, यौनजन्य क्रियाकलापमा उनिहरुको चेतनाको विकासले महत्वपूर्ण भुमिका खेल्न कार्यक्रम महत्वपूर्ण हुने विश्वासव्यक्त गरे । मिन मावि थर्पु र राधा माविमा यो कार्यक्रम सञ्चालन गरिएको छ ।




![Photo of दाहालको प्रस्ताव कुण्ठा र कृत्रिम आरोपको संगालो : ओली [जवाफको पूर्ण पाठ]](https://bhanjyangnews.com/wp-content/uploads/2020/11/Nekapa-390x220.jpg)





