व्यास–६ का १३ टोललाई घाँस काट्ने मेसिन

दमौली : तनहुँको व्यास नगरपालिका–६ ले वडाभित्रका १३ वटा टोललाई घाँस काट्ने मेसिन वितरण गरेको छ । वडाले प्रत्येक टोललाई एक–एक वटाका दरले १३ वटा मेसिन उपलब्ध गराएको हो ।

वडाध्यक्ष कुमार गुरुङका अनुसार स्थानीयस्तरमा घाँस काट्ने, कृषि उपज भित्र्याउने तथा सार्वजनिक स्थल र बाटोघाटो सरसफाइमा सहजता ल्याउने उद्देश्यले टोलहरूलाई मेसिन वितरण गरिएको हो । करिब २८ हजार रुपैयाँ मूल्य पर्ने मेसिन टोलस्तरबाट सामूहिक रूपमा प्रयोग गर्न सकिने भएकाले यसको उपयोगिता बढी हुने वडाको अपेक्षा छ ।

परम्परागत रूपमा घाँस काट्न तथा कृषि उपज भित्र्याउन बढी समय र श्रम खर्चिनुपर्ने अवस्थालाई मेसिनको प्रयोगले कम गर्ने वडाध्यक्ष गुरुङले बताए । उनका अनुसार मेसिन घाँस काट्न मात्र नभई धान काट्नसमेत प्रयोग गर्न सकिन्छ ।

‘घाँस काट्ने मात्रै नभई धान काट्न पनि मिल्छ । दसैंका बेला टोल तथा गाउँका बाटो सरसफाइ गर्न पनि यसको प्रयोग गर्न सकिन्’, वडाध्यक्ष गुरुङले भने ।

वडाले टोलको आवश्यकता र प्राथमिकताका आधारमा मेसिन सञ्चालन गर्ने व्यवस्था मिलाएको छ। एउटै टोलका व्यक्तिले व्यक्तिगत प्रयोजनमा मात्र नभई सामूहिक काममा प्रयोग गर्न सक्ने भएकाले यसबाट स्थानीय श्रम र समय दुवै बचत हुने अपेक्षा गरिएको छ ।

विशेषगरी ग्रामीण क्षेत्रमा पशुपालनका लागि आवश्यक घाँस काट्ने काममा मेसिन उपयोगी हुने वडाको विश्वास छ । त्यसैगरी धान काट्ने समयमा कृषि मजदुरको अभाव वा श्रम खर्च बढ्ने अवस्थालाई समेत मेसिनको प्रयोगले केही सहज बनाउने अपेक्षा गरिएको छ ।

दसैंलगायत चाडपर्वका समयमा गाउँका बाटो, चौतारा तथा सार्वजनिक स्थल सरसफाइ गर्नसमेत मेसिन प्रयोग गर्न सकिने भएकाले यसको उपयोग कृषि क्षेत्रभन्दा बाहिर पनि हुने वडाले जनाएको छ ।

टोलमा उपलब्ध मेसिनलाई आवश्यकताअनुसार परिचालन गरी सामूहिक काममा प्रयोग गर्ने हो भने सीमित स्रोतबाट धेरै स्थानीय लाभान्वित हुन सक्ने देखिन्छ । वडाले वितरण गरेका मेसिनको नियमित मर्मतसम्भार र व्यवस्थित प्रयोग गर्न सके कृषि श्रम घटाउनुका साथै टोलस्तरका सार्वजनिक काममा समेत स्थानीयको सहभागिता बढाउन सकिने अपेक्षा गरिएको छ ।

वडाले कृषि तथा दैनिक जीवनसँग जोडिएका श्रमसाध्य कामलाई प्रविधिसँग जोड्दै स्थानीयलाई सहज बनाउने उद्देश्यले मेसिन वितरण गरेको जनाएको छ । टोललाई हस्तान्तरण गरिएका मेसिनको प्रभावकारी सञ्चालन र सामूहिक उपयोगले यसको वास्तविक लाभ निर्धारण गर्नेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker