विद्यार्थीलाई रोटरीको न्यानो उपहार

दमौली : रोटरी क्लब अफ दमौलीले व्यास नगरपालिका–१२ स्थित छाब्दी बाराही आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो ट्र्याकसुट वितरण गरेको छ। बुधबार आयोजित कार्यक्रममा क्लबले विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीलाई जाडो महिनामा विद्यालय पोसाकको रूपमा प्रयोग गर्न सकिने ट्र्याकसुट सहयोग गरेको हो ।

क्लबकी अध्यक्ष वीणा कैनीका अनुसार जाडो मौसममा चिसोका कारण विद्यार्थीहरूको पठन–पाठन प्रभावित नहोस् भन्ने उद्देश्यले यो सहयोग गरिएको हो। उनले समुदायका साथसहयोग र साझा जिम्मेवारीका कारण शिक्षाको वातावरण सुधारमा सकारात्मक प्रभाव पर्ने बताइन्।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले विद्यालयको इतिहास स्मरण गर्दै स्थानीय युवाहरूको सक्रियता र समर्पणका कारण विद्यालयप्रति समुदायको विश्वास बढ्दै गएको बताए। उनले भने, “सबैले आ–आफ्नो ठाउँबाट योगदान गरे समुदायको विश्वास जित्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरण छाब्दी बाराही विद्यालयले देखाएको छ। सामुदायिक विद्यालयप्रति घट्दो विश्वासका बीच पनि यहाँको प्रयास प्रेरणादायी छ, त्यसैले यस विद्यालयलाई नमुना विद्यालयको रूपमा हेर्न सकिन्छ ।”

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद कँडेल र प्रधानाध्यापक मुक्तिराम पौडेलले सहयोगका लागि क्लबप्रति आभार व्यक्त गरे। उनीहरूले विद्यालयमा भवन अभाव लगायतका चुनौती समाधानका लागि नगरपालिकाको सहयोग आवश्यक रहेको उल्लेख गर्दै नगरप्रमुख न्यौपानेलाई पहल गर्न अनुरोध गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker