तनहुँमा चार करोड ३९ लाखको खसीबोका बिक्री

भञ्ज्याङ समाचारदाता/दमौली

हिन्दुहरूको महान् पर्व दसैंका अवसरमा तनहुँका सहकारीमार्फत करिब साढे चार करोड बराबरका खसीबोका बिक्री भएका छन् । महिलाहरूले सञ्चालन गरेका सहकारीमार्फत दसैंमा मात्रै रु चार करोड ३९ लाख ३४ हजार १३ को खसीबोका बिक्री गरेका हुन् । असोजमा ती सहकारीहरूले जिल्लाभित्र र जिल्लाबाहिर खसीबोका बिक्री गरेका थिए । सहकारीले नै बजारीकरण गरिदिएपछि बाख्रापालक कृषकलाई सहज भएको छ । खसीबोका किन्न व्यापारी गाउँसम्मै पुग्ने गरेका थिए । घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु ४६ लाख ५९ हजार १३९, भगवतीपुर सामाजिक उद्यमी महिला सहकारीमार्फत रु ८४ लाख ३२ हजार ८४०, माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामार्फत् रु ८८ लाख ३८ हजार ७१५, अरुणोदय सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु २३ लाख ६६ हजार १५५ बराबरको खसीबोका बिक्री गरेका छन् ।

अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत् रु ६७ लाख ७३ हजार ५४९, दिदीबहिनी कृषि सहकारी संस्थामार्फत् रु सात लाख २५ हजार १०८, शुभदिप सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु २८ लाख ३८ हजार ३२४, आधारशीला सामाजिक महिला उद्यमी सहकारीमार्फत् रु ११ लाख ९६ हजार ५५०, सप्तधारा सामाजिक उद्यमी महिला सहकारीमार्फत् रु ५० लाख ७५ हजार ४७५, भागिरथी सामाजिक उद्यमी महिला सहकारीमार्फत रु ३० लाख २८ हजार १५८ को खसी बिक्री भएको छ । ती सहकारीमार्फत् एक हजार ४८८ खसीबोका बिक्री भएका छन् । घिरिङ गाउँपालिका-२ भोरकोटस्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष शारदा आलेका अनुसार सहकारीबाटै बजारीकरण गर्दा कृषकलाई सहज हुने गरेको बताउनुभयो ।

भिमाद नगरपालिका-२ स्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष सीताकुमारी तिमिल्सिनाले खसीबोका बिक्रीका लागि विगत वर्षदेखि नै बजारीकरणमा सहयोग पुर्‍याएको बताउनुभयो । ‘यसले कृषकलाई खसीबोका बिक्रीका लागि बजार खोज्नु हिँड्नुपरेको छैन, कृषकलाई सहज भएको छ’, उहाँले भन्नुभयो । भिमाद नगरपालिका-९ स्थित अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष देवी मुक्तान आलेले भन्नुभयो, ‘प्रत्येक वर्ष दसैंतिहारमा सहकारीले नै व्यापारी खोजेर खसीबोका बिक्री गरिदिन्छ, यसले गर्दा कृषकले पनि खसी बिक्री गरेर चार्डपर्व मनाउन पाउने गरेका छन् ।’

हेफर नेपालको साझेदारीमा नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँले सञ्चालन गरेको ‘पशुवस्तुको मूल्यश्रृंखलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना’अन्तर्गत दश सहकारीले कृषकले पालेका खसीबोका बिक्रीका लागि बजारीकरण गर्दै आएको छ । सहकारीले बजारीकरणमा सहयोग पुर्‍याएपछि बाख्रापालक कृषक पनि खुशी भएका छन् । बाख्रापालनबाट घर्रखर्च चलाउँदै कृषकलाई गाउँघरमै खसी बिक्री गर्ने व्यवस्था भएपछि सहज पनि भएको छ । हेफर इन्टरनेशनल नेपाल र नेपाल एकीकृत ग्रामीण विकास केन्द्रको साझेदारीमा ‘पशुवस्तुको मूल्यश्रृंखलामा आधारित साना किसानको सस्था सवलीकरण परियोजना’ मार्फत् गठन भएका सहकारीले गाउँमै खशी बिक्रीको व्यवस्था मिलाएर कृषकलाई सहयोग पुर्‍याइरहेको ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker