तनहुँमा दैनिक ४० वटा राहदानीको आवेदन लिइने

दमौली : जिल्ला प्रशासन कार्यालय तनहुँले आज शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको कोटा निर्धारण गरी आवेदन लिने भएको छ । कार्यालयमा हाल राहदानी विभागबाट एक वटामात्र स्टेशन प्राप्त भएको र सोही एक स्टेशनमार्फत् सेवा प्रवाह भइरहेकाले शुक्रबार बिहान १०ः३० बजेदेखि (प्रत्येक शुक्रबार) प्रत्येक हप्ता दैनिक ४० वटाको संख्यामा राहदानीका लागि अनलाइन कोटा खोलिने कार्यालयले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा कार्यालयमा भएको तोडफोड र आगजनीका कारण राहदानी शाखामा भएका विद्युतीय राहदानी सेवा सम्बन्धी सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो । राहदानी विभागबाट एकवटा मात्रै स्टेशन प्राप्त भएको र सेवाग्राहीको चाप उच्च रहेकाले विद्युतीय राहदानीका लागि आवेदन प्रविष्टि, प्रमाणित र वितरणका लागि कोटा निर्धारण गरिएको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए ।

राहदानीको विषयमा अनाधिकृत व्यक्तिको भर नपर्न र त्यस्ता व्यक्तिहरुबाट हुनसक्ने ठगीबाट सावधान रहन कार्यालयले आग्रह गरेको छ । साथै राहदानी सेवासम्बन्धी कुनै पनि समस्या वा जानकारीका लागि नागरिकले जिल्ला प्रशासन कार्यालयको राहदानी शाखा वा सूचना अधिकृतलाई सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ ।

कार्यालयले सम्पर्कका लागि ९८५६००११११ (सूचना अधिकारी) र ९८४६७४३२४६ (राहदानी शाखा) नम्बर सार्वजनिक गरेको छ । ई–पासपोर्ट आवेदनका लागि कार्यालयले नेपाल सरकारको आधिकारिक वेबसाइट https://emrtds.nepalpassport.gov. np/request-service प्रयोग गर्न सुझाव दिएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत विकास श्रेष्ठद्वारा हस्ताक्षरित सो सूचनामा राहदानी सेवासम्बन्धी सबै प्रक्रियामा पारदर्शिता र सावधानी अपनाउन अनुरोध गरिएको छ ।

विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग भएको सम्झौता अनुसार आगामी फागुन ११ बाट राहदानी पुस्तिका सहज आपूर्ति हुने हुँदा अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीहरुले मात्र राहदानीका लागि आवेदन गर्न राहदानी विभागले सूचना जारी गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker