म्याग्दे गाउँपालिकाको गाउँसभाबाट बजेट सहित विभिन्न ५८ वटा प्रस्ताव पारित
भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । गत असार १० गते प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को बजेट छलफल पश्चात् ७३ करोड २६ लाख रुपैयाँ बराबरको बजेट पारित गरेको हो ।
अध्यक्ष श्रीप्रसाद श्रेष्ठद्वारा प्रस्तावित विभिन्न ५८ वटा प्रस्तावहरु समेत गाउँसभाले सर्वसम्मत पारित गरेको छ । गाउँसभाले संघ र प्रदेश सरकारमा माग गर्ने सम, विशेष, सशर्त सबै प्रकृतिको योजना छनौट, वैकल्पिक योजना बैंका राख्ने योजना स्वीकृत, पुरस्कार तथा विधा तय गर्ने निर्णयहरु पारित गरेको छ ।
गाउँसभाले विभिन्न कोषको रकम तोक आदेश तथा स्कीकृत अधिकार, योजनाहरु फरफारक, पछि थप भई आउने बजेट अन्तर्गतको कार्यक्रम तथा योजना, वडा नं २ को कार्यलय विस्तार तथा स्वास्थ्य सेवासार्ने सम्वन्धमा, ओभरहेड तथा उपभोक्ता समितिको योगदान, निर्माण कार्यमा सा.सु कर, अग्रिम कर, भ्याट कट्टी सम्वन्धमा निर्णयहरु पारित गरेको छ ।

करार कर्मचारी सेवा सुविधा अनुमोदन, पटके खरिद अनुगमन, गाउँपालिका स्तरीय बहुवर्षीय तथा गौरवका योजना छनौट, आवधिक योजना, गुरुयोजना, विभिन्न प्रतिवेदन अनुमोदन, गैससका योजना तथा कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम योजना, दररेट सम्वन्धमा, संचालित योजना तथा ठेक्काको म्याद थप सम्वन्धमा, कन्टीजेन्सी प्लान स्वीकृत सम्वन्धमा निर्णय पारित भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।










