निर्माणाधिन चारलेनको सिग्नेचर पुल

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीस्थित मादी नदी माथी निर्माणाधिन चारलेनको सिग्नेचर पुल । गत भदौ २१ गते तीन वर्षे ठेक्का सम्झौता सकिए पनि यस पुलको भौतिक प्रगति ७२ प्रतिशतको हाराहारी रहेको छ भने अगामी असार १९ गतेसम्मका लागि म्याद थपको प्रक्रिया अगाडि बढाइएको छ ।

छ वटा स्पानको उक्त पुल ३१५ मिटर लामो हुनेछ । करिब एक अर्ब २१ करोड रुपैयाँ लागतमा ‘आर्क डिजाइन’मा बन्ने यो पुल पृथ्वी राजमार्गकै सबैभन्दा लामो चार लेनको पुल हुनेछ ।

सडक विस्तार र पुल निर्माणमा भइरहेको ढिलाइका कारण पृथ्वी राजमार्गको स्तरोन्नति कार्यमा अपेक्षित सुधार हुन सकेको छैन । यो पुल निर्माणसंगै सडकको भौतिक संरचना मात्र होइन, पोखरा–तनहुँ क्षेत्रको पर्यटन र यातायात दुवै क्षेत्रमा नयाँ पहिचान थपिने अपेक्षा गरिएको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ










