तनहुँको शुक्लागण्डकी-१२ लाई बालमैत्री वडा घोषणा गरिने

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ लाई आगामी फागुनसम्म बालमैत्री वडा घोषणा गरिने भएको छ । स्थानीय तहबाट हुने बालमैत्री कार्यक्रममा एकरुपता ल्याउन नेपाल सरकारले जारी गरेको स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ अनुसार वडालाई वालमैत्री वडा घोषणा गर्नका लागि बुधबार वडा कार्यालय र बालहितकारी परियोजना नेपालबीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा वडाध्यक्ष मनराज गुरुङ र परियोजनाका अध्यक्ष गोविन्दराज पहारीले हस्ताक्षर गरेका छन् । वडाध्यक्ष गुरुङले आजैदेखि बालमैत्री वडा घोषणाका लागि काम शुरु भएको बताए । उनले यस कार्यक्रम सफल बनाउन आवश्यक सबै कार्यहरु गर्ने बताएका छन् ।

उनका अनुसार बालमैत्री वडा घोषणाका लागि बाल मृत्युदर घटाउने, बाल विकास, बाल संरक्षण र बाल सहभागिता जस्ता विषयमा रहेर ५१ वटा सुचकहरु पुरा गर्नुपर्ने छ । सम्झौता अनुसार आगामी फागुनसम्म वडालाई बालमैत्री घोषणा गराइ छाड्ने वडाध्यक्ष गुरुङले प्रतिवद्धता जनाएका छन् । उनले भौतिक पूर्वाधारको विकाससंगै मानवीय विकासलाई पनि प्राथमिकतामा राखेको बताए।

परियोजनाका अध्यक्ष पहारीले वालमैत्री वडा बनाउन प्राविधिक सबै सहयोग उपलब्ध गराउने बताए । उनले बालमैत्री शासन अन्तर्गत वडातहमा तयार गर्नुपर्ने बस्तुगत विवरण, बालबालिकास्थिति पत्र, रणनीति, आचारसंहिता, योजना आदिको तथ्यांक विश्लेषण, प्रतिवेदन र नमुना ढाँचा तयार पार्ने जानकारी दिए । त्यस्तै, बालमैत्री तथा बाल अधिकारको विषयमा हुने तालिम तथा अभिमुखिकरणको सहजीकरण गर्नेछ । बुधबार नै वडा कार्यालयमा सरोकारवालाहरुलाई अभिमुखिकरण तालिम दिइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker