उद्यान निर्माणको विरोधमा हस्ताक्षर अभियान

भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास नगरपालिकाले वडा नं. ३ स्थित खुल्ला मैदानमा उद्यान निर्माण कार्य अगाडि बढाएपछि उक्त कार्य रोक्न भन्दै हस्ताक्षर अभियान चलाइएको छ । जिल्ला समन्वय समिति तनहुँको स्वामित्वमा रहेको खुल्ला मैदानमा सर्वदलीय निर्णय बमोजिम व्यास नगरपालिकाले उद्यान निर्माण शुरु भएपछि स्कूल अफ डेमोक्रेसीको नेतृत्वमा मंगलबारबाट दमौलीमा हस्ताक्षर संकलन अभियान थालिएको हो ।

खुल्ला मैदानलाई यथास्थितिमै राख्नुपर्ने मागसहित हस्ताक्षर अभियान चलाइएको उक्त संस्थाका अध्यक्ष डम्बरबहादुर अधिकारीले बताएका छन् । भूकम्प गएका बेला सर्वसाधारणलाई आश्रय दिएको उक्त मैदानमा संरचना निर्माण गर्न लागेपछि आफूहरु विरोधमा उत्रिनुपरेको अधिकारीले बताए ।

खुल्ला मैदानमा पार्क निर्माण कार्य प्रारम्भ भएपछि व्यक्त भएका टिप्पणीप्रति व्यास नगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले सोमबार प्रेस विज्ञप्ति जारी गरी सर्वदलीय बैठकबाट सहमति भई पार्क निर्माण कार्य शुरु गरिएको जानकारी गराएका थिए ।

स्थानीय तहको पुनःसंरचना पछि उक्त चौरमा करीब आधा खुल्ला चौर राख्ने र बाँकीमा ज्येष्ठ नागरिक, बालबालिका, अस्पताल नजिक हुँदा बिरामीका लागि मनोरञ्जनका लागि खुल्ला पार्क निर्माण गर्ने निर्णय भएअनुसार काम अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker