भानुमा अन्तर विद्यालय भलिबल प्रतियोगिता हुने

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिकाले नगरस्तरीय अन्तर विद्यालय मैत्रीपूर्ण भलिबल प्रतियोगिता गर्ने भएको छ । शिक्षक ज्ञानका खानी मात्र होइनन् सिर्जनाका स्रोत पनि हुन् भन्ने उद्देश्यले सामुदायिक विद्यालयमा अध्यापनरत पुरुष शिक्षकहरु बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता गर्न लागिएको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले बताए ।

शिक्षकमा अन्तरनिहित प्रतिभा र क्षमताको उजागर गर्नुका साथै शिक्षकहरू बीच आपसी अन्तरघुलन, अनुभवको शेयरिङ्, सहकार्य र सामुहिक सिकाइको माध्यमबाट पेशागत क्षमता विकास, आपसी विश्वास र एकता अभिवृद्धि गर्नु आवश्यक रहेको र यसै तथ्यलाई आत्मसात गरी यो प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

माघ १९ र २० गते सञ्चालन हुने उक्त प्रतियोगिताका लागि माघ १८ गते दिउँसो १ बजेभित्र नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा उपलब्ध खेलाडीको नाम उपलब्ध गराउन भनिएको छ ।

भानु-२ स्थित होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा हुने प्रतियोगितामा प्रथमलाई १५ हजार, द्वितीयलाई १२ हजार, तृतीयलाई १० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker