उद्योग दिवसमा म्याग्दे उद्योग वाणिज्य संघलाई सम्मान

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाद्वारा ११औँ उद्योग दिवसको अवसरमा म्याग्दे उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुलाई बधाइ तथा सम्मान ज्ञापन गरेको छ । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारीलगायतका सदस्यहरूलाई सम्मान गरेका थिए ।

सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सन्जिव कोइराला, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष सुर्यबहादुर भुजेल, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी, म्याग्दे उद्योग वाणिज्य संघ अध्यक्ष सुन्दरमणि अधिकारी, वडा नं. ७ का वडाध्यक्ष वसन्तकुमार श्रेष्ठ, कार्यपालिका सदस्य बद्रिका घिमिरे, म्याग्दे गाउँपालिका आर्थिक विकास शाखा प्रमुख प्रदिप न्यौपाने लगायतकाले म्याग्दे गाउँपालिकाको आर्थिक विकासका लागि उद्योगि व्यवसायीको महत्वपूर्ण भूमिका रहने धारण व्यक्त गरेका थिए ।

म्याग्दे उद्योग वाणिज्य संघमा अधिकारी तनहुँ, म्याग्दे उद्योग वाणिज्य संघको अध्यक्षमा सुन्दरमणि अधिकारी रहेका छन्। संघको उपाध्यक्षमा सुरेन्द्र अधिकारी, महासचिवमा राजीव श्रेष्ठ, कोषाध्यक्षमा खिमबहादुर नेपाली रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सीता मल्ल, गणेशमान श्रेष्ठ, खमबहादुर नेपाली, सुशील न्यौपाने, विकास नेपाली, धर्मराज घिमिरे, भूपेन्द्र रानाभाट, नारायण श्रेष्ठ, नुक्तबहादुर भुजेल, दिपक रोका, होमबहादुर भण्डारी, अमृता भट्टराई र सुशिल श्रेष्ठ रहेका छन् ।

त्यस्तै महिला उद्यमी विकास समितिमा मीनाकुमारी श्रेष्ठ, कृषि तथा पर्यटन विकास समिति सभापति रामबहादुर थापा, सल्लाहकारमा तीर्थनारायण मल्ल, कमलनारायण मल्ल र शेरकुमार मल्ल रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा दर्ता भएको यस संस्थालाई नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीव कोइरालाले म्याग्दे उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारीलाइ पिन लगाएर प्रदेश सदस्य हस्तान्तरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker