रेडक्रस ऋषिङको सभापतिमा मथुराकृष्ण चयन
भञ्ज्याङ समाचारदाता/ऋषिङ

नेपाल रेडक्रस सोसाइटी ऋषिङ उपशाखाको सभापतिमा मथुराकृष्ण श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । उपशाखाको सातौं अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरिएको हो ।
कार्यसमितिको उपसभापतिमा यमुना श्रेष्ठ, सचिवमा भरतकुमार श्रेष्ठ, उपसचिवमा दिलमाया थापा, कोषाध्यक्ष चिज कुमार श्रेष्ठ, सहकोषाध्यक्ष विष्णुमाया थापा निर्वाचित भएका छन् । उपशाखाका सदस्यहरुमा सुन्तली श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, मोतिलाल राना, हस्तमाया थापा र चन्द्रबहादुर थापा चयन भएका छन् ।
उपशाखाका निवर्तमान सभापति रमेशकुमार श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रमको संविधानसभा सदस्य झुलबहादुर आलेले उद्घाटन गर्दै रेडक्रसको मर्म र भावनाअनुरुप समाजसेवामा लाग्न आग्रह गरेका थिए । कार्यक्रममा सोसाइटीका जिल्ला प्रतिनिधि रामदत्त पौडेल, निवर्तमान उपसभापति गणेशकुमार श्रेष्ठ लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










