मर्स्याङदी उपत्यका

तनहुँको पर्यटकीय नगरी बन्दीपुरबाट देखिएको मर्स्याङदी उपत्यका र आकर्षक हिमश्रृंखला। बन्दीपुर घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटक यहाँबाट देखिने प्राकृतिक दृष्यले आकर्षित हुने गर्दछन् । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, धवलागिरी लगायतका हिमश्रृंखला देख्न सकिन्छ । कोलाहलमुक्त शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि बन्दीपुर उकृष्ट गन्तव्यका रुपमा परिचित छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










