राजमार्गमा ट्राफिक सचेतना

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँखण्डमा बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले राजमार्गमा सञ्चालन हुने सवारी साधानलाई ट्राफिक सचेतना गर्दै ट्रफिक प्रहरीहरु । प्रहरीको टोलीले जिल्लाको मुख्य राजमार्गहरूमा सञ्चालन हुने सार्वजनिक सवारी साधन तथा नीजि सवारी साधनहरूको सिट क्षमता अनुगमन गरी सार्वजनिक सवारी साधनहरूमा यात्रुहरूसँग भाडादर सम्बन्धी सोधपुछ तथा भाडादर टाँस गरे/नगरेको चेकजाँच र सार्वजनिक सवारीमा सिसिटिभी क्यामरा जडान गर्नु पर्ने विषयका बारेमा सम्झाई बुझाई कार्यक्रम गरिएको थियो ।

त्यस्तै, ट्राफिक प्रहरीले ट्रयाक्टर, ट्रक र टिप्परको पछाडि टाँसिने रिफ्लेक्टीक स्टिकर, स्पष्ट देखिने नम्बर प्लेट भए/नभएको चेकजाँच गर्नुका साथै हेडलाइट तथा अन्य (फग) लाईट जडान गरे/नगरेको र अवस्था ठीक भए/नभएको समेत सुक्ष्म चेकजाँच गर्ने कार्य गरी दुई पाङ्ग्रे सवारी साधनका चालकहरूलाई तीव्र गतिमा सवारी चलाउँदा हुने जोखिमका बारेमा सम्झाई बुझाई कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker