म्याग्देको थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा सञ्चालन गरिने भएको छ । त्यसका लागि म्याग्दे गाउँपालिकाले हिमालय आँखा अस्पताल घारीपाटनसँग सम्झौता गरेको छ ।

यस भेगका सर्वसाधारणलाई सहज रुपमा आँखा उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित हिमालय आँखा अस्पतालसँग सोमबार सम्झौता गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र अस्पतालका मेडिकल डाइरेक्टर डा. बबिता गुरुङबीच आगामी पुस ३ गतेबाट निरन्तर रुपमा उपचार केन्द्र सञ्चालन गर्ने गरी सम्झौता भएको छ ।

सम्झौता बमोजिम दैनिक रुपमा नेत्र प्राविधिकबाट आँखा उपचार सेवा प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । आँखा उपचार सेवाले यस भेगका सर्वसाधारणलाई आँखा परीक्षणका लागि दमौली, खैरेनीटार जानुपर्ने बाध्यता अन्त्य हुनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker