बन्दीपुरको पवित्र माविमा विद्यालय व्यवस्थापन समिति चयन

डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित पवित्रा माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति सर्वसम्मतरूपमा चयन गरिएको छ । विद्यालयमा आइतबार बसेको अभिभावक तथा सरोकारवालाको भेलाले डिल बहादुर राना (विजय)लाई नयाँ अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।

नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा निलकण्ठ मिश्र, शुक्रकुमार श्रेष्ठ, कृष्ण सिंह ठकुरी, तुलसी गान्धारी, सञ्जु शर्मा सर्वसम्मत निर्वाचित भएका छन् ।

भेलाले विद्यालयको समग्र शैक्षिक गुणस्तर वृद्धि, विद्यार्थी–केन्द्रित कार्यक्रम, अध्ययन वातावरण सुदृढीकरण तथा पूर्वाधार विस्तारसम्बन्धी विषयमा विस्तृत छलफल पनि गरेको थियो ।

नवनिर्वाचित अध्यक्ष र समितिले आगामी कार्यकालमा विद्यालयलाई शैक्षिक उत्कृष्टता, पारदर्शी व्यवस्थापन, सामुदायिक सहभागिता र परिणाममुखी गतिविधितर्फ उन्मुख गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । विद्यालय सुधारका दीर्घकालीन योजना, स्रोत व्यवस्थापन तथा सिकाइ–सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राख्न वडा नं. १ का अध्यक्ष शिवकुमार श्रेष्ठले सुझाव दिएका छन् ।

स्थानीय अभिभावक, समुदायका प्रतिनिधि तथा सरोकारवालाले नयाँ नेतृत्वबाट विद्यालय अझ बढी व्यवस्थित, जिम्मेवार र प्रगतिशील बन्ने उच्च अपेक्षा व्यक्त गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker