तनहुँको म्याग्दे गाउँपालिका–१ लाई वालश्रम मुक्त वडा घोषणा

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्देको वडा नं. १ लाई वालश्रम मुक्त वडा घोषणा गरिएको छ । वालश्रम मुक्त वडा घोषणा गर्दै गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले नेपालको सन्दर्भमा वालश्रम एउटा ठुलो चुनौती भएको बताए । सरकारले नै वालश्रम मुक्त घोषणा संवैधानमै व्यवस्था गरेता पनि यसको व्यवहारिक कार्यन्वयन नभएको चिन्ता व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले देशमा अनाथ, असहाय, गरिवले पिल्सिएका वालवालिका अझै पनि बाँच्नका लागि पूर्ण रुपमा श्रममा निर्भर हुनु अत्यन्त दुःखको विषय भएको बताए । यो वा त्यो बाध्यतामा वालवालिकाले श्रममा आश्रति हुनु भनेको संवैधानिक हक विपरित भएको हुँदा वालवालिकाको अधिकारमा राज्य र सम्वन्धित निकाय चनाखो हुनुपर्ने बताए ।

उनले कलिलै उमेरमा हातमुख जोर्नका लागि विभिन्न श्रममा जोडिनु बाध्यता भएता पनि वालवालिकाको पढ्न, लेख्न, खेल्न पाउने नैसर्गिक अधिकारमा स्थानीय सरकार साधक बन्नुपर्ने समेत बताए । एकीकृत हरित विकास संस्थाले गरेको काम अति नै स्रहानीय भएको हुँदा वडालाई वालश्रममुक्त घोषणा गरेर मात्र नहुने र अब त्यसको निरन्तरताको पक्षमा काम गर्नुपर्ने जोडदिए ।

वडा अध्यक्ष मणिभद्र वाग्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले अनाथ, असहाय र गरिवीको रेखामा रहेको वालवालिकाको अभिभावकत्व प्रदान गर्नु आम म्याग्देवासीको जिम्मेवारी भएको बताए । पालिका वालवालिकाको वृद्धि विकास, चेतनाको विकास, शिक्षा, स्वास्थ्य र रोजगारको सवालमा प्रष्ट रहेको र अगामी दिनमा पालिकालाई नै वालश्रममुक्त पालिका घोषणा गर्ने गरी काम अगाडि बढाएको बताए ।

एकीकृत हरित विकास संस्थाले गरेको अनुगमन तथा निरिक्षणबाट वडालाई वालश्रम मुक्त अभियान घोषणा गरिएको हो । संस्थाले वडाभरको टोल तथा क्षेत्रमा गएर वालवालिकाको अबस्थाको बारेमा अध्यन तथा अनुसन्धान गरेर वडालाई वालश्रममुक्त अभियान घोषणा गरिएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker