भानुमा नवपर्वतनीय कार्यक्रम सञ्चालन

भानु : तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा किसानको हितलाइ समेटेर नवपर्वतनीय कार्यक्रम संचालन गरेको छ ।
परियोजना अन्तर्गत साग, तोरी र निवुवाको पकेट क्षेत्र विकास, उत्पादन भएको कच्चा पदार्थको प्रशोधन र भानुको नामबाट ब्रान्डिङ तथा बजारीकरण गर्ने लक्ष्य लिइएको नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए ।
परियोजना चुनौतीपूर्ण भए पनि सबै सरोकारवालाबीच समन्वय गरेर अघि बढेमा यो परियोजना दिगो र प्रभावकारी रहने उनले बताए । कार्यक्रमका लागि नेपाल कृषि अनुसन्धान परिषद्मा गरिएको छलफल अत्यन्तै अर्थपूर्ण रहेको नगर प्रमुख त्रिपाठीले बताए ।
उनले भने, “देशकै प्रमुख अनुसन्धान संस्थाका वैज्ञानिकहरू भानु नगरपालिकामै आएर अनुसन्धान र सहकार्य गर्ने हो भने किसानले प्रत्यक्ष लाभ पाउने हाम्रो मुख्य उद्देश्य हो । पालिकाले किसानका हितका लागि नगरपालिका लागिपरेको छ ।”










