आँवुखैरेनी–मुग्लिन खण्डमा सडक भाँसिएपछि अत्यावश्यक वाहेकका सम्पूर्ण सावारी साधान बन्द

तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँवुखैरेनी सडक खण्ड रातीको समयमा अत्यावश्यक बाहेक सम्पूर्ण सावरी साधान बन्द गरिएको छ ।
तनहुँको आँवुखैरेनी गाउँपालिका–४ मर्स्याङ्दी पावरहाउस नजिकै डम्पिङ्गमा सडक भाँसिएपछि सडक एकतर्फि सञ्चालन गरिएको थियो । पानी परिराखेको र थप सडक भाँसिन जोखिम रहेका कारण रातीको समयमा अत्यावश्यक बाहेक सम्पूर्ण सवारी साधान आवगमनमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी निरीक्षक कृष्ण बहादुर चन्दले बताए ।
उक्त स्थानमा वि.सं. २०७९ जेठ महिनामा सडक भाँसिएपछि रेक्टोफिटिङ्ग गरी सडक निर्माण पश्चात दुई तर्फि सडक सञ्चालनमा ल्याइएको थियो । रेक्टोफिटिङ्ग गरी सडक निर्माण सम्पन्न गरे लगत्तै चर्किन पुगेको थियो । शुक्रबार रातीदेखि परेको झरीका कारण उक्त सडक शनिबार साँझ भाँसिएको प्रहरी निरीक्षक चन्दले बताए ।










