भानुमा उत्पादित कृषि उपज अब काठमाडौंका बजारमा

भानु । तनहुँको भानु नगरपालिकाले नगरपालिका क्षेत्रमा उत्पादित रैथाने बालीलाई बिक्री वितरणका लागि सोझै काठमाडौं पर्ठाईने भएको छ । नगरभित्रका किसानले उत्पादन गरेका अर्गानिक खाद्य सामग्रीलाई काठमाडौंमा लगेर बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

भानुका नगर प्रमुख आनन्द राज त्रिपाठी र रैथाने एग्रीप्रोडक्ट नामक संस्थाका अध्यक्ष तिलक ढकालले शनिबार सम्झौता पत्रमा हस्ताक्षर गरी भानु क्षेत्रमा उत्पादित कृषि उपजलाई अब काठमाडौंमा बिक्री वितरण गर्ने सम्झौता गरिएको छ ।

नगरपालिकामा उत्पादन हुने कालो वेसार, घैया धान, कालो भटमास, स्थानीय सिमी, बोडी कोदो लगायतका कृषि उत्पादन र प्रवर्द्धनका लागि पाँच वर्षो सहकार्यको सम्झौता गरिएको छ।

प्रोडक्टसले हाल काठमाडौंको दरबारमार्ग, बुढानीलकण्ठ लगायत क्षेत्रमा रैथाने कृषि हाटबजार सञ्चालन गर्दै आएका र अब भानु नगरपालिकामा उत्पादन भएका कृषि रैथाने उत्पादनलाई समेत बजारीकरण र प्रवर्द्धनमा टेवा पुर्‍याउन रैथाने एग्रो प्रोडक्टसले सहयोग गर्ने बताईएको छ। स्थानीय उत्पादनलाई संकलन गर्न नगरपालिकाकै कृषि शाखाका कर्मचारीहरूले संयोजन गर्नेछन् ।

हाटबजारमा कृषि उपजहरू राख्नका लागि निःशुल्क स्टलको व्यवस्था छ । भानुका नगर प्रमुख आनन्द राज त्रिपाठीले रैथाने उत्पादनलाई आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रममा समवेश गरेर लैजाने प्रतिवद्वता व्यक्त गरेका छन् ।

नगर प्रमुख त्रिपाठीले नगरपालिकामा उत्पादन हुने रैथाने कृषि उपजको बजारीकरणका लागि र उत्पादन वृद्धि गर्न कार्यक्रम अगाडि बढाउने र सोका लागि नगरपालिकाले आवश्यक सहयोग एवं सहजीकरण गर्ने बताएका छन् ।

कार्यक्रममा भानु नगर उप-प्रमुख उमा गोतामे, नगर कृषि शाखाका अधिकृत एवं भानु नगरका रैथाने कृषक समूहको सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker