म्याग्देको नीति तथा कार्यक्रम : पूर्वाधार, कृषि तथा पशुपालन, रोजगारवृद्धि, वातावरण लगायतका कार्यक्रम समेटिए

भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को निती तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाले पूर्वाधार, कृषि तथा पशुपालन, रोजगार वृद्धिका साथै वातावरणमैत्री कार्यक्रमलाई प्राथमिकताका साथ समेटेको छ ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित १२औं गाउँसभाबाट पारित गरिएको नीति तथा कार्यक्रममा पूर्वाधार तथा भवन निर्माण, कानुन निर्माण, योजना नीति रणनिती, अतिरिक्त कार्यक्रम, सुचना प्रविधि, राजश्व तथा आय वृद्धि, कोभिड नियन्त्रण सम्वन्धमा, फोहरमैलो व्यवस्थापन लगायतका कार्यक्रम समेटिएका छन् ।

विद्युत, समाजिक तथा लक्षित कार्यक्रम, गरिवी निवारण र रोजगारी, विपत व्यवस्थापन, अन्तर निकाय समन्वयका कार्यक्रममा पनि समावेश गरिएका छन् । सुशासन, शिक्षा, कृषि तथा पशु, स्वास्थ्य, वजेट खर्च तर्फ, सवारी साधन तर्फ, वडा तर्फो वारेमा कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

यस्तै, गाउँपालिकाले आर्थिक विकास तर्फ कृषि विकास तथा कृषि प्रसार, पशु सेवा तथा प्रसार कार्यक्रम, घरेलु तथा साना उद्योग तर्फ, पर्यटन, सहकारी विकास, वैक तथा वित्तिय, अन्य विषय समेटिएका छन् भने समाजिक विकास समिति तर्फ शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, म र मेरो स्वास्थ्य र मेरो जिम्मेवारी रहेका छन् भने युवा तथा खेलकुद, महिला तथा वालवालिका र लक्षित वर्ग, अपाङ्गता तथा ज्येष्ठ नागरिक, खानेपानी तथा सरसफाई, भाषा साँस्कृतिक र साहित्य, गैसस निजी क्षेत्र र सहकार्य साझेदारीलाई कार्यक्रममा समावेश गरिएको छ।

पूर्वाधार विकास समिति तर्फ समग्र पूर्वाधारजन्य कार्यप्रक्रिया, सडक तथा पुल कल्वर्ट र झोलुङ्गे पुल, भवन तथा शहरी किास, जग्गा चक्लावन्दी तथा वस्ती विकास योजना रहेका छन् । यसैगरि कार्यक्रममा विद्युत तथा उर्जा, सिंचाई तर्फ, संचार तथा सुचना प्रविधिले स्थान पाएका छन् ।

यस्तै, वन वातावरण तथा विपद व्यवस्थापन तर्फ वन तथा वातावरण, विपद व्यवस्थापन, भुमि व्यवस्थापन, समेटिएका छन् भने शुशासन तथा संस्थागत विकास समितीतर्फ निती तथा कार्यक्रम, राजश्व परिचालन, वित्तिय अनुशासन र सुशासन, अन्तर निकाय समन्वय तथा प्रदेश सरकारसंगको सहलगानी, अनतर निकाय समन्वय तथा केन्द्र सरकार सँगको सहलगानी, समाजिक सुरक्षा र सामाजिक कल्याणका विषयले निती तथा कार्यक्रममा स्थान पाएका छन् ।

नीति तथा कार्यक्रमको दोश्रो सत्रको अध्यक्षता गर्दै गाउँपालिकाका उपाध्यक्ष बलकृष्ण घिमिरेले नीति तथा कार्यक्रमको सभामा निर्णयार्थ प्रस्तुत गरेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले गाउँसभाको सहजिकरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker