तनहुँको व्यास नगरपालिकामा फोहरलाई घरबाटै छनोट गरिने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले फोहरलाई घरघरबाटै छनोट गर्ने प्रक्रिया अघि बढाउने भएको छ । नगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले उक्त प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

बैठकले नगरपालिकाको अव्यवस्थित मोटर ग्यारेजहरुलाई व्यवस्थित गर्ने सम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत गरेको छ । बैठकले राष्ट्रपतिमा निर्वाचित भएकामा रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ ।

कार्यपालिकाको बैठकले व्यास नगरपालिका-८ बाहुनपोखरामा जन्मिएका नेपालको लोकतान्त्रिक आन्दोलनका नेता पौडेललाई राष्ट्रपतिमा निर्वाचित भएकामा बधाई ज्ञापन गरेको नगर प्रवक्ता जीवन गुरुङले जानकारी गराए । व्यास नगरपालिका जन्मघर भएका पौडेल राष्ट्रपतिमा निर्वाचित हुँदा व्यास नगरपालिकाको गौरव बढेको बताउँदै नगरप्रमुख वैकुण्ठ न्यौपानेले उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

यस्तै, बैठकले व्यास नगर शिक्षा नियमावली, २०७६ लाई पाँचौ संशोधन प्रस्ताव र स्थानीय पाठ्यक्रम निर्माण कार्यविधि, २०७९ पारित गर्ने निर्णय गरेको छ । व्यास नगरपालिका विज्ञापन कर निर्देशिका, २०७९, पशु प्रबर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७९ बैठकमा कार्यपालिका सदस्यहरुले अध्ययन गरी आगामी बैठकमा संशोधन प्रस्ताव सहित राय दिन निर्देशन दिने निर्णय बैठकले गरेको छ ।

बैठकले व्यास नगरपालिका वडा नम्बर ६, ७, ८, ९, १०, १२ र १४ वडाहरुमा चैत मसान्तभित्र सार्वजनिक सुनुवाई गर्ने निर्णय गरेको छ । साथै व्यास-१० स्थित वैरेनी जग्गा विकास आयोजनाको निर्माण कार्य चैत ९ गतेदेखि शुभारम्भ गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए । बैठकले व्यास-१४ को केशवटारमा रहेको कृषि कार्यालयको खाली पक्की भवनमा प्रहरी चौकी व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै, कार्यालयमा कार्यरत स्थायी अधिकृत मेघनाथ आचार्य र करार सेवाका अधिकृत विमल गिरीले पदबाट राजिनामा दिएकामा उनीहरुको राजिनामा स्वीकृत गरिएको छ । नगरपालिकाले आ.व. २०७९/०८० मा अनुमानित गरेको आय २२ करोड ६० लाख रुपैयाँमा फाल्गुण मसान्तसम्म ८ करोड ८४ लाख ८६ हजार ९१९ रुपैयाँ आय भएको बैठकमा जानकारी गराइएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker