पूर्व भूमिसुधार मन्त्री भिमप्रसाद गौतमको निधन

भञ्ज्याङ समाचारदाता, तनहुँ

पूर्व भूमिसुधार मन्त्री एवं जनता समाजवादी पार्टीका सल्लाहकार समितिका अध्यक्ष भिमप्रसाद गौतमको बिहिबार बिहान २:३० बजे निधन भएको छ । केही समयदेखि अस्वस्थ्य गौतमको बन्दीपुर गाउ“पालिका-१ पिप्लेस्थित आफ्नै निवासमा निधन भएको हो ।

विगत केही समयदेखि विरामी परेका गौतमलाई निमोनिया भएको थियो । चितवनस्थित अस्पतलामा उपचार भई सामान्य अवस्थामा घर फर्किएका थिए । गौतमको निधनले एक राष्ट्रबादी तथा विकासप्रेमी व्यक्तित्व गुमाउनुपरेको बन्दिपुर-१ का वडाध्यक्ष भानुभक्त पोख्ररेलले बताए ।

गौतमको जिल्लाको पवित्र धार्मिकस्थल देवघाटमा अन्त्येष्ठी गरिने परिवार श्रोतले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker