लागुऔषध मुद्दामा फरार तनहुँका तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध मुद्दामा फरार तीन जनालाई पक्राउ गरेको छ । तनहुँ अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद फैसला भएका तीन फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भानु नगरपालिका-१३ सतिस्वारा बस्ने १९ वर्षीय निर्मल गुरुङ, बन्दीपुर-१ बस्ने ३९ वर्षीय शिवकुमार श्रेष्ठ र बन्दीपुर-१ बस्ने ३३ वर्षीय लालबहादुर सुसलिङ रहेका छन् ।

निर्मललाई तनहुँ अदालतले विसं २०७९ पुस २४ गते ४ महिना २३ दिन कैद सुनाएको थियो । शिवलाई अदालतले विसं २०७८ चैत २३ गते १ महिना कैद र दुइ हजार जरिवानाको फैसला सुनाएको थियो । लालबहादुरलाई तनहुँ अदालतले विसं २०७९ चैतमा १ महिना २० दिन कैद र दुइ हजार जरिवानाको फैसला सुनाएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker