तनहुँको भानुमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

तनहुँ : तनहुँको भानु नगरपालिका–१० तल्लो मैदानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान करिब ९ः४५ बजे हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग १९ प ८०६५ नम्बरको मोटरसाइकल हटिया–चिसापानी भित्री सडकखण्डमा चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब १० मिटर तल खसेको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक भानु नगरपालिका–१० तल्लो मैदानका करिब ४५ वर्षीय शंकर पाण्डे र मोटरसाइकलको पछाडि सवार सोही स्थानका ६५ वर्षीय टंकनिती पाण्डे घाइते भएका थिए ।

घाइते दुवैलाई तत्काल उद्धार गरी उपचारका लागि पठाइएकोमा उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शंकर पाण्डेलाई पुरानो मेडिकल कलेज भरतपुर, चितवन र टंकनिती पाण्डेलाई प्रदेश अस्पताल बेँसीशहर, लमजुङ पठाइएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker