नागरिकस्तरबाट लापरवाही हुँदा तनहुँमा कोरोना संक्रमण जोखिम बढ्दै

भञ्ज्याङ समाचारदाता दमौली

तनहुँमा पछिल्लो केही दिन यता दैनिकजसो संक्रमितिको संख्या बढ्दै गएको छ । लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधान सञ्चालनमा आएसंगै मानिसहरुको आवतजावत बढेको छ । शहरी तथा ग्रामीण क्षेत्रमा मानिसहरुको चहलपहल बढेसंगै तनहुँमा दैनिकजसो समुदायका व्यक्तिहरुमा कोरोना भाइरस संक्रमण पनि देखिन थालेको छ । तनहुँका १० वटै स्थानीय तहमा दैनिकजसो नयाँ संक्रमितहरु भेटिन थालेका छन् । चिकित्सक, स्वास्थ्यकर्मी, कार्यालयका प्रमुख तथा र्सार्वजनिक ओहोदामा रहेका व्यक्ति र कुनै भ्रमण विवरण नभएका व्यक्तिहरुमा समेत संक्रमण देखिन थालेको छ ।

सार्वजनिक यातायात, व्यापार, व्यवसाय, शैक्षिक संस्थाहरु पुरानै अवस्थामा फर्किएका छन् । शहरी तथा ग्रामीण क्षेत्रमा मानिसहरुको आवगमान बढ्दै गएको छ । कोरोना भाइरस संक्रमण जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका सामाग्रिको प्रयोग तथा मापदण्ड पालनामा लापरवाही हुँदा भाइरस संक्रमणको अवस्था जटिल बन्ने खतरा बढेको प्रमुख जिल्ला अधिकारी सागर आचार्य बताउँछन् ।

‘समुदायस्तरमा भाइरस संक्रमणको दर बढ्दै जान थालेको र ठूला चाडपर्वहरु समेत नजिकिएसंगै हामीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा कडाइ गर्ने योजना बनाएका छौं’, प्रजिअ आचार्यले भने, ‘दशै पर्व मनाउन घर आउनेहरुलाई अनिवार्य रुपमा १४ दिन सुरक्षित रुपमा होम क्वारेन्टिनमा बस्नुपर्ने, सबै स्थानीय तहहरुले त्यसको अनुगमान गर्नुपर्ने तथा लापरवाही भए जेल सजायसम्म गर्ने योजना बनाइएको छ ।’

समुदाय स्तरमा कोरोना भाइरस संक्रमणको दर बढ्दै जान थालेपछि जिल्ला संकट व्यवस्थापन समितिको बैठकले तनहुँका सबै स्थानीय तहमा एक/एक वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । कोभिड-१९ संक्रमण के कसरी हुन्छ र कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा लगभग सबै नागरिकहरु जानकार भएपनि स्वास्थ्य सुरक्षाका सामाग्रि प्रयोग तथा मापदण्ड पालनामा लापरवाही गरिदिदा समुदायमा संक्रमणको दर अप्रत्यासित रुपमा बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँ प्रमुख शंकरबाबु अधिकारी बताउँछन् ।

‘जिल्लामा कोरोना परीक्षणको दायारा फराकिलो बनाउँदै लगिएपनि जुन व्यक्तिको परीक्षण गर्नुपर्ने हो त्यो व्यक्ति स्वाब नमुना दिन तयार नहुँदा थप समस्या आउने गरेको छ’, प्रमुख अधिकारीले भने, ‘संक्रमित व्यक्तिको सम्पर्कमा आएकाले स्वाब नमुना दिन नमान्दा परिवारका सदस्यहरु र प|mन्टलाईनमा खट्टिएका व्यक्तिहरुको मात्र परीक्षण गर्दा पनि संक्रमतिको संख्या तनहुँमा करिब पाँच सयको हाराहारीमा पुगेको छ ।’

चाडपर्वमा देश तथा विदेशबाट घर आउनेको संख्या अधिक हुँदा कोभिड-१९ संक्रमणको जोखिम बढ्ने भन्दै यस अवधिमा आउनेलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने र संक्रामक रोग विरुद्धको ऐन समेत सक्रिय भएको अवस्थामा लापरवाही गर्दै जोखिम फैलाउनेका लागि जेल सजायसम्म गर्ने योजना तनहुँ प्रशासनले गरेको छ ।

यस्तै, चाडपर्व नजिकिएसंगै शहर बजार तथा ग्रामीण क्षेत्रमा समेत मानिसहरुको चहलपहल बढेकाले स्वास्थ्य सामाग्रिको प्रयोग तथा स्वास्थ्यको मापदण्ड पालनामा कडाइ गर्ने गरी तनहुँ प्रहरीले कोभिड-१९ र चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार गरेको प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

यस्तै, जिल्ला भित्र स्थापित आईसोलेसन सेन्टरहरुमा आइसोलेट गरिएका संक्रमितहरुको नेपाल सरकारको नीति वा अन्य कुनै कारणले भाइरस नेगेटिभ नआउँदै डिस्चार्ज गर्दा अनिवार्य रुपमा घर परिवारका सदस्यको रोहवरमा स्थानीय जनप्रतिनिधिको जिम्मा लगाएर मात्र पठाउनु पर्ने व्यवस्था गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार तनहुँमा मंगलबार साँझसम्म ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये हालसम्म ३८० जना निको भएर घर फर्किएका छन् । यस्तै जिल्लामा कोरोना संक्रमणका कारण छ जनाको मृत्यु भएको छ भने ११४ जना सक्रिय संक्रमित रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker