तनहुँ प्रहरीद्वारा पाँच जना फरार प्रतिवादी पक्राउ

दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका प्रतिवादी तथा जेनजी आन्दोलनको क्रममा कारागार तोडफोड गरी फरार भएका पाँच जना कैदी तथा थुनुवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट खोजतलास गरी फरार प्रतिवादीलाई शुक्रबार पक्राउ गरेको हो । पक्राउ परेका प्रतिवादीलाई लगत कट्टा प्रयोजनका लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको तथा कैद भुक्तान गर्नुपर्ने कैदीलाई जिल्ला कारागारमा बुझाइएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा व्यास नगरपालिका–८ बस्ने ५२ वर्षीय शमशेर कुमाल रहेका छन् । उनीमाथि जबरर्जस्ती चोरी मुद्दामा जिल्ला अदालतको लगत नं ५८१ अनुसार रु ४७ हजार ८५० जरिवाना तोकिएको थियो । धरौटी तिर्न नसकेपछि निजलाई कारागार चलान गरिएको थियो ।
त्यसैगरी बन्दीपुर गाउँपालिका–४ का ३४ वर्षीय आशिष कायस्थ लागुऔषध मुद्दामा पक्राउ परेका छन् । कायस्थ रु २७ हजार जरिवाना तिरेर छुटेका छन् । घिरिङ गाउँपालिका–१ बस्ने २७ वर्षीया प्रितिमाया थापा बहुविवाह मुद्दामा पक्राउ परेकी छन् । उनलाई ११ महिना १३ दिन कैदसहित रु १० हजार जरिवाना तोकिएको छ । निजलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी जेनजी आन्दोलनका क्रममा कारागार तोडफोड गरी फरार भएका म्याग्दे गाउँपालिका–१ बस्ने ४९ वर्षीय सीताराम कामी र शुक्लागण्डकी नगरपालिका–२ बस्ने २२ वर्षीय अनमोल रिमाललाई पक्राउ गरिएको प्रनाउ विकले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका कैदी तथा थुनुवालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तानका लागि जिल्ला कारागारमा बुझाइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker