तनहुँमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

दमौली : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । साविक सामाजिक विकास कार्यालय तनहुँको भवनमा आज मुख्य निर्वाचन अधिकृत एवं तनहुँ क्षेत्र नं १ को कार्यालय र शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायल आजे उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । लोकतन्त्रको उत्तम विकल्प निर्वाचन रहेको बताउँदै उहाँले ढुक्कसँग निर्वाचनमा सहभागी हुने वातावरण सिर्जना गरिने उल्लेख गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी शिव तिवारीले निर्वाचनमा सुरक्षा प्रबन्ध मजबुद बनाइने बताउँदै निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नु सबैको दायित्व भएको उल्लेख गर्नुभयो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले निर्वाचनको आन्तरिक तयारी तीव्र गतिमा अगाडी बढेको बताउनुभयो । मतदान सामग्री, जनशक्ति व्यवस्थापनलगायत तयारी भइरहेको जनाउँदै उहाँले निर्वाचन सफल बनाउन सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी तिवारी, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, प्रहरी उपरिक्षक टेकबहादुर कार्कीको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्लामा दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन् । जिल्लामा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker