नरभंक्षी चितुवाको खोजी : चितुवा बाहिर जान नदिन वन घेराबन्दी
भञ्ज्याङ न्यूज

जिल्लाको बन्दिपुर गाउँपालिकास्थित वडा १ र ३ को सिमानामा रहेको रामकोट सामुदायिक वनमा शुक्रवार विहानै चितुवा देखिएपछि स्थानीय र शसस्त्र प्रहरीद्वारा चितुवाको खोजी भएको छ ।
चितुवालाई त्यस वनबाट बाहिरा जान नदिनका लागी चारैतिरबाट वन घेराबन्दी गरी चितुवाको खोजी गरिएको स्थानीय बासु पन्थले बताए ।

उनका अनुसार ८० जना भन्दा वढि स्थानीय र ७ जना शसस्त्र प्रहरीले वन घेराबन्दी गरेका छन् । पन्थले भने, ‘शसस्त्र प्रहरी वन भित्र पसेका छन् भने स्थानीयले घरेलु हरियार लिएर वन घेराबन्दी गरेका छन् ।’
वन भित्र चितुवाको पाइला समेत फेला परेको उनले जानकारी गराए । बुधबारमात्रै जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रको चितुवालाई मारी डिभिजन वन कार्यालयलाई वुझाउन निर्देशन दिएको थियो ।











