गाईजात्रामा टाकटुके नाच

गाइजात्रा पर्वका अवसरमा तनहुँको दमौलीमा मंगलबार साँझ नेवार समुदायले प्रदर्शन गरेको टाकटुके नाच । नेवार समुदायको साँस्कृतिक पर्व अनुसार एक वर्षअघिदेखि मृत्यु भएका आफन्तको सम्झनामा गाइजात्रा निकाल्ने गर्दछन् । दिवङ्गत आफन्तको सम्झनामा नेवार समुदायको वसोसास रहेका तनहुँका विभिन्न ठाउँमा मंगलबार गाइजात्रा निकालेको छ ।
दिवङ्गत आफन्तको सम्झनामा नेवार समुदायले गाइको रुपमा सिङ्गारेर बजार परिक्रमा गर्ने प्रचलन छ । दमौलीमा नेवार समुदायका विभिन्न गुठीहरुले दिवङ्गत भएका आफन्तको सम्झनामा गाइको रुपमा सिङ्गारेर विभिन्न साँस्कृत नृत्य प्रस्तुत गर्दै बजार परिक्रमा गरेका थिए ।
श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आठ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ । भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्वलाई ऐतिहासिक एवं सांस्कृतिक पर्वका रुपमा लिइन्छ । गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दही चिउराका साथै अन्य परिकार पनि खुवाई सम्मान प्रकट गर्ने परम्परा रहेको छ। तनहुँको दमौली, शुक्लागण्डकी, जामुने, आँबुखैरेनी, बन्दीपुर, ऋषिङ, घिरिङ लगायतका गाउँबस्तिमा गाइजात्रा मनाइएको छ । तस्विर : भञ्ज्याङ
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker