आँबुखैरेनीमा निःशुल्क पशुवीमा कार्यक्रम, दुई वर्षमा १० लाखभन्दा बढी राहत वितरण

तनहुँको आँबुखैरेनी गाउँपालिकाले निःशुल्क पशुवीमा कार्यक्रम सञ्चालन गरेको छ । पशुमा लाग्ने गम्भीर प्रकृतिका रोगबाट हुने जोखिम न्यूनीकरण तथा कृषकहरूको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले निःशुल्क पशुवीमा कार्यक्रम सञ्चालन गरेको हो ।

नियमित खोप कार्यक्रमसँगै पशु क्षतिबाट कृषकलाई राहत र प्रोत्साहन दिन गाउँपालिकाले उक्त कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको गाउँपालिकाका पशु चिकित्सक सन्तोष देवकोटाले जानकारी गराए ।

गाउँपालिकाका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा पशुवीमा कार्यक्रमअन्तर्गत वडा नं. ४ का १८ जना कृषकलाई रु. २ लाख ९६ हजार ७ सय, वडा नं. ५ का ७ जना कृषकलाई रु. १ लाख ५० हजार ३ सय र वडा नं. ६ का १७ जना कृषकलाई रु. २ लाख ६५ हजार ५ सय गरी जम्मा ४२ जना कृषकलाई रु. ७ लाख १२ हजार ५ सय बराबरको राहत रकम वितरण गरिएको थियो ।

यस्तै, चालु आर्थिक वर्ष २०८२÷०८३ को श्रावण महिनादेखि हालसम्म पशुवीमा बापत १३ जना कृषकलाई जम्मा रु. ३ लाख १३ हजार ५५० रकम वितरण गरिएको छ। वितरण गरिएको रकममा भैँसी, गाई, गोरु तथा बाख्रामा भएको क्षतिबापतको बीमा दाबी समावेश रहेको गाउँपालिकाले जनाएको छ।

पशुवीमा कार्यक्रमअन्तर्गत प्रिमियम शुल्कको ८० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था रहेको छ भने कृषकले व्यहोर्नुपर्ने २० प्रतिशत रकम समेत गाउँपालिकाले नै व्यवस्थापन गर्दै आएको छ । यसरी कार्यक्रम शतप्रतिशत निःशुल्क रूपमा सञ्चालन भइरहेको गाउँपालिकाको पशु सेवा शाखाले जनाएको छ।

गाउँपालिकाले पशुपालनलाई आम्दानीको मुख्य स्रोतका रूपमा लिएका सम्पूर्ण कृषकहरूलाई समयमै पशुवीमा गराई आकस्मिक क्षतिबाट राहत लिन अनुरोध गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker