१५ वर्षपछि दमौलीमा नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलन, पर्यटन प्रवर्द्धन मुख्य एजेन्डा

तनहुँको सदरमुकाम दमौलीमा आगामी भदौ १४ र १५ गते युवाहरुको अन्तर्राष्ट्रिय संस्था नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन गरिने भएको छ । जेसीआई व्यास नगरको संयोजनमा हुन लागेको सम्मेलन करिब १५ वर्षपछि दमौलीमा आयोजना हुन लागेको हो ।

आयोजकको भनाइमा यस पटक सम्मेलनलाई आधुनिक ढाँचामा प्रस्तुत गर्दै तनहुँ जिल्लाको पर्यटन, संस्कृति र धार्मिक सम्पदाको प्रचार–प्रसारलाई मुख्य एजेन्डा बनाइएको छ ।

सम्मेलन निर्देशक सुरेश पुरीका अनुसार दुई दिनसम्म चल्ने कार्यक्रममा नेपाल जेसीजका वैधानिक विषयमा छलफल हुने मात्र होइन, स्थानीय होटल, पर्यटन र व्यवसायलाई प्रत्यक्ष लाभ हुने खालका गतिविधि सञ्चालन गरिनेछ । उनले भने, “सम्मेलनले तनहुँको धार्मिक, ऐतिहासिक र सांस्कृतिक परिचयलाई नयाँ ढंगले प्रस्तुत गर्ने अवसर मिल्नेछ ।”

कार्यक्रममा नेपाल जेसीज क्षेत्र ‘ख’ अन्तर्गतका ४२ शाखाका प्रतिनिधि, राष्ट्रिय तथा क्षेत्रीय पदाधिकारी, पूर्व अध्यक्षहरु, अन्य क्षेत्रका शाखा र जुनियर जेसीजका पदाधिकारी सहभागी हुने अपेक्षा गरिएको छ ।

सम्मेलनमा सचिव माधव न्यौपानेका अनुसार कला–संस्कृति प्रदर्शनी, प्रकरण गोष्ठी, प्रशिक्षण सत्र, स्थानीय सम्पदाको अवलोकन भ्रमणलगायत विविध कार्यक्रम समावेश गरिएको छ ।

सम्मेलनका प्रवक्ता कृष्ण सुनार र जेसीआई व्यास नगर अध्यक्ष सुमित ढुंगानाले तयारी अन्तिम चरणमा पुगेको जनाउँदै यसले जिल्लामा पर्यटन आगमन मात्र नभई व्यवसायिक गतिविधिलाई समेत गतिशील बनाउने विश्वास व्यक्त गरेका छन् ।

१५ वर्षपछि दमौलीमा फर्किएको सम्मेलनलाई यसपटक भव्य र व्यवस्थित बनाउनका लागि तनहुँको पर्यटकीय सम्पदा– देवघाट, बन्दीपुर, ऋषिङ्गडाँडा, सेती–मादी किनार र अन्य ऐतिहासिक स्थललाई सम्मेलनमार्फत सहभागीहरूसमक्ष प्रस्तुत गर्ने तयारी गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker