मादी नदीमा नुहाउने क्रममा बगेर एक वृद्धको मृत्यु

तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरस्थित मादी नदीमा नुहाउने क्रममा बगेर आज एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० का ६० वर्षीय झिलकबहादुर पौडेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

दिउँसो साढे १२ बजे पौडेल मादीमा नुहाउने क्रममा बगेका थिए । स्थानीयवासीले उनको उद्धार गरी उपचारका लागि दमौली अस्पताल लगेको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker