तनहुँका स्थानीय तहद्वारा बजेट सार्वजनिक : १० वटा पालिकाको करिब आठ अर्ब बराबरको अनुमानित बजेट

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० का लागि करिब रु आठ अर्ब बराबरको अनुमानित बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु सात अर्ब ९१ करोड ८७ लाख ७३ हजार एक सय ८५ को अनुमानित बजेट प्रस्तुत गरेका हुन् । सबैभन्दा बढी व्यास नगरपालिकाले र सबैभन्दा कम घिरिङ गाउँपालिकाले बजेट प्रस्तुत गरेका छन् ।

व्यास नगरपालिकाले रु एक अर्ब ६५ करोड ५४ लाख ५१ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । विनियोजित बजेटमध्ये चालुतर्फ रु ८६ करोड ५५ लाख छ हजार र पुँजीगततर्फ रु ७८ करोड ९९ लाख ४५ हजार अनुमान गरिएको उपप्रमुख इन्दिरा दरैले बताइन् । आर्थिक विकासतर्फ रु चार करोड ९० लाख ३० हजार, सामाजिक विकासतर्फ रु ६८ करोड २९ लाख ८५ हजार, पूर्वाधार विकासतर्फ रु ४५ करोड ५८ लाख ७५ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु छ करोड ११ लाख ७५ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ रु ४० करोड ६३ लाख ८६ हजार विनियोजन गरिएको छ ।

उक्त बजेटमध्ये संघ सरकारबाट सशर्त अनुदान बापत ५८ करोड ९८ लाख, आन्तरिक स्रोतको आयबाट रु २२ करोड ६० लाख, सङ्घ सरकारको वित्तीय समानीकरण अनुदान रु २० करोड ६९ लाख, संघ सरकारको राजश्व बाँडफाँटबाट रु १५ करोड ७२ लाख ९९ हजार, नगर विकास कोष ऋणबाट रु ११ करोड, सञ्चित कोष अल्याबाट रु दश करोड, राजश्व बाँडफाँट अन्तर्गत मालपोत रजिष्ट्रेशनबाट रु दश करोड आय अनुमान गरिएको छ ।

संघ विशेष अनुदानबाट रु चार करोड, प्रदेश वित्तीय समानीकरण अनुदान रु दुइ करोड ५९ लाख ८१ हजार, प्रदेश सरकारको राजश्व बाँडफाँटबाट रु दुइ करोड नौ लाख ७१ हजार, संघ समपुरक अनुदान रु दुइ करोड दश लाख, प्रदेशको विशेष अनुदान रु एक करोड, सशर्त अनुदान रु एक करोड, समपुरक अनुदान रु एक करोड, प्रदेशको नवपर््रवर्तनीय साझेदारी कोष अनुदान रु एक करोड, संघ सरकारको सडक बोर्ड नेपालबाट रु एक करोड, जनसहभागिता नगदबाट रु ६० लाख र मूल्य श्रृङ्खला कार्यक्रम अनुदान रु १५ लाख हुने अनुमान गरिएको छ ।

भानु नगरपालिकाले रु ८९ करोड ६८ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । उक्त बजेटमध्ये संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु १५ करोड ६५ लाख, सशर्त चालु अनुदान रु ३७ करोड आठ लाख, सशर्त पुँजीगत रु एक करोड ३९ लाख, विशेष अनुदान रु एक करोड ५० लाख, समपुरक अनुदान रु दुइ करोड २० लाख, संघीय राजश्व बाँडफाँटबाट रु १२ करोड ५७ लाख ६३ हजार आम्दानी हुने अनुमान गरिएको उपप्रमुख उमा गोतामेले बताइन् । प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण अन्तर्गत समानीकरण अनुदान रु एक करोड ८८ लाख, राजश्व बाँडफाँटबाट रु एक करोड २२ लाख १५ हजार, प्रदेश समपुरक रु एक करोड प्राप्त हुने नगरपालिकाको अनुमान छ ।

शुक्लागण्डकी नगरपालिकाले रु एक अर्ब २२ करोड १६ लाख ३१ हजार आठ सय २० को अनुमानित बजेट प्रस्तुत गरेको छ । त्यसमध्ये समानीकरण अनुदान संघबाट रु १६ करोड ३१ लाख, राजश्व बाँडफाँट संघबाट रु १२ करोड ९८ लाख ९० हजार, सशर्त अनुदान रु ४१ करोड नौ लाख, समानीकरण अनुदान प्रदेशबाट रु एक करोड ९९ लाख ८८ हजार, राजश्व बाँडफाँट प्रदेशबाट रु एक करोड ६४ लाख ६३ हजार, प्रदेश समपुरक अनुदानबाट रु ७० लाख, आन्तरिक आयबाट रु १५ करोड ८२ लाख ५० हजार, सामाजिक सुरक्षा भत्ता अन्तरसरकारी अख्तियारीबाट रु २५ करोड, गरिबसँग विशेश्वर कार्यक्रम अन्तर सरकारी अख्तियारीबाट रु छ लाख, घरजग्गा रजिष्ट्रेशन शुल्कबाट रु दुइ करोड ९४ लाख ४० हजार आठ सय २०, जनसहभागिताबाट रु तीन करोड आय हुने अनुमान गरिएको उपप्रमुख खुमबहादुर विकले बताए ।

व्ययतर्फ विषयगततर्फ रु २४ करोड ९५ लाख ३१ हजार आठ सय २०, सशर्त अनुदानतर्फ रु ४१ करोड नौ लाख, प्रदेश समपुरकतर्फ रु ७० लाख, वडागत सिलिङ रु नौ करोड ७६ लाख, सडकबोडतर्फ रु ६० लाख, गरिबसँग विशेश्वरतर्फ रु छ लाख, चालुखर्चतर्फ रु १७ करोड, सामाजिक सुरक्षातर्फ रु २५ करोड, जनसहभागितातर्फ रु तीन करोड हुने अनुमान गरिएको छ । भिमाद नगरपालिकाले रु ६७ करोडको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

देवघाट गाउँपालिकाले रु ५२ करोड छ लाख ६४ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । त्यसमध्ये चालुतर्फ रु ३३ करोड ४० लाख तीन हजार र पुँजीगततर्फ रु १८ करोड ६६ लाख ६१ हजार विनियोजन गरिएको उपप्रमुख भुवनसिं गुरुङले बताए ।

आँबुखैरेनी गाउँपालिकाले रु ६० करोड ५३ लाख ३३ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । कूल विनियोजितमध्ये चालुतर्फ रु ३४ करोड ४४ लाख र पुँजीगततर्फ रु २६ करोड २६ लाख विनियोजन गरिएको उपप्रमुख दुर्गा अर्यालले बताइन् । आर्थिक विकासतर्फ रु आठ करोड ९० लाख, सामाजिक विकासतर्फ रु १९ करोड १९ लाख, पूर्वाधारतर्फ रु १८ करोड ३६ लाख, वन वातावरणतर्फ रु एक करोड ३६ लाख, सुशासनतर्फ रु दुइ करोड ३२ लाख विनियोजन गरिएको छ ।

आयतर्फ संघीय सरकार सशर्त अनुदानबाट रु १६ करोड १३ लाख, वित्तीय समानीकरणबाट रु दश करोड ५३ लाख, विशेष अनुदानबाट रु एक करोड ७० लाख, राजश्व बाडँफाँटबाट रु आठ करोड, प्रदेश सरकार अनुदानबाट रु एक करोड १६ लाख, सशर्त अनुदानबाट रु ४० लाख हुने अनुमान गरिएको छ ।

बन्दिपुर गाउँपालिकाले रु ६२ करोड ६२ लाख ९२ हजारको बजेट प्रस्तुत गरेको छ । त्यसमध्ये चालुतर्फ रु ४२ करोड ४९ लाख र पुँजीगततर्फ रु २० करोड १३ लाख ९२ हजार विनियोजन गरिएको उपाध्यक्ष पञ्चमाया गुरुङले बताइन् ।

म्याग्दे गाउँपालिकाले रु ७३ करोड २६ लाख ९५ हजार तीन सय ६५ को अनुमानित बजेट प्रस्तुत गरेको छ । त्यसमध्ये पुँजीगततर्फ रु १५ करोड ९२ लाख २९ हजार छ सय ७५ र चालुतर्फ रु ५७ लाख ३९ हजार ६ सय ९० गरी रु १६ करोड ४९ लाख ६९ हजार तीन सय ६५ विनियोजन गरिएको उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

घिरिङ गाउँपालिकाले रु ४९ करोड ६६ लाख ८९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । त्यसमध्ये चालुतर्फ रु २६ करोड ९१ लाख ३४ हजार र पुँजीगततर्फ रु २३ करोड २६ लाख विनियोजन गरिएको उपाध्यक्ष राधादेवी अधिकारीले बताइन् ।

ऋषिङ गाउँपालिकाले रु ४९ करोड ९९ लाख ४९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । भिमाद नगरपालिकाले ६६ करोड ३७ लाख १६ हजार रुपैयाँ बजेट अनुमान प्रस्ताव गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker