मानुङकोटमा मापदण्ड तोकेर घर निर्माण प्रक्रिया खुल्ला

तनहुँको व्यास नगरपालिका-५ स्थित पर्यटकीय मानुङकोटमा घर निर्माण प्रक्रिया खुल्ला गरिएको छ । पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको मानुङकोटमा मापदण्ड तोकेर घर निर्माण प्रक्रिया खुल्ला गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

मानुङकोटमा स्थानीयवासीले बस्ती छाड्दै जाने र बाहिरबाट जानेहरूले जथाभावी घर निर्माण गर्न थालेपछि नगरपालिकाले घर निर्माण प्रक्रिया रोकेको थियो । पर्यटकीय क्षेत्रको मौलिकता कायम गर्नका लागि यस्तो निर्णय गरिएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी गराए । नगरपालिकाले निकास नखुलेका घरजग्गाहरू समेत समेटी मानुङकोट पर्यटकीय क्षेत्रको जग्गा विकास आयोजना अगाडि बढाउने निर्णय गरेको उनले बताए ।

मानुङकोटमा घर निर्माण गर्दा मौलिकता झल्कने खालका निर्माण गर्न दिने विषयमा छलफल भएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । यहाँ आफूखुसी संरचना बनाउन नदिन मापदण्ड तोक्ने निर्णय भएको उनले बताए ।

मानुङकोटमा खानेपानीको दुःख हुन थालेपछि यहाँबाट स्थानीय सहर र्झन थालेका थिए । अहिले पनि यहाँ पानीको सुविधा पुगिसकेको छैन। पछिल्लो समय पर्यटकको चहलपहल बढेपछि गाउँ छाडेकाहरू पुनः फर्किन थालेका छन् । ७० घरपरिवार रहेको मानुङकोटमा अहिले १०/१२ घर मात्रै छन् ।

सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङकोटमा विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको स्थानीय बताउँछन् । परापूर्वकालमा महषिर् वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।

मानुङकोटबाट पाँचवटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ। यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ । दमौलीबाट सात किलोमिटर दूरीमा अवस्थित यहाँ पुग्नका लागि सडक कालोपत्र भएको छ । सडक कालोपत्र भएपछि सर्वसाधारणलाई मानुङकोट उक्लिन सहज भएको छ । मानुङकोट कोरोनापछि एक्कासि चर्चामा आएको हो । कोरोनाकालमा एकैदिन दश हजारभन्दा बढी पर्यटक मानुङकोट उक्लिएका थिए। गर्मी मौसममा भन्दा जाडो मौसममा यहाँ पर्यटकको बाक्लो उपस्थिति रहने गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker