गोली लागेर तनहुँमा एक युवकको मृत्युु
भञ्ज्याङ न्यूज

तनहुँको शुक्लागण्डकीमा गोली लागेर एक युवकको मृत्यु भएको छ । शुक्लागण्डकी-१ थप्रेक स्थित तुरतुरे पाखाको जंगलमा गए राती शिकार खेल्ने क्रममा आफैले बोकेको भरुवा बन्दुक पड्केर गोली लाग्दा स्थानीय १७ वर्षीय रोमित मल्लको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।
शिकार खेल्न सगै गएका अर्का ४७ वर्षीय सुन बहादुर गुरुङलाई भरुवा बन्दुक सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोली लागेर गम्भीर घाइते भएका मल्ललाई स्थानीयले थप्रेक प्रथमिक स्वास्थ चौकीमा उपचारका लागि पुर्यएपछि घटना सार्वजनिक भएको थियो ।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।










