आँबुखैरेनी गाउँपालिकाले हाइवे इमरजेन्सी अस्पताल एण्ड ट्रमा सेन्टर बनाउने

भञ्ज्याङ न्यूज

जिल्लाको पुर्वी नाकामा रहेको आँबुखैरेनी गाउँपालिका कार्यालयले पृथ्वीराजमार्ग खण्डमा हुन सक्ने दुर्घटनालाई लक्षित गरी हाइवे इमरजेन्सी अस्पताल एण्ड ट्रमा सेन्टर निर्माण गर्ने योजना बनाएको छ ।

आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा रहेको सार्वजनिक जग्गामध्ये करिब बीस रोपनी जग्गा सदुपयोग गरी एक सय शय्या क्षमताको अस्पताल बनाउन संम्भाव्यता अध्ययन गर्न लागिएको हो ।

प्रदेश र सङ्घीय सरकारका स्वास्थ्य मन्त्रालयमा अस्पताल निर्माणको लागि उक्त स्थान उत्तम रहेको भनी गाउँपालिका कार्यालयले सिफारिस गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकारले केही बजेट बिनियोजन गरेकोले छिट्टै अध्ययन गरी उचित स्थान ठहरिए प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । हाइवेसँगै जोडिएको उक्त स्थानमा करिब एक सय रोपनी जग्गा सार्वजनिक रहेकोले गाउँपालिकाले जग्गा संरक्षणका साथै सेवा प्रदान गर्न अस्पताल निर्माण गर्ने अवधारण अघि बढाएको हो ।

गाउँपालिकाको वडा नं २ र ४ को सिमनामा पर्ने ऐना पहरामा ऐना पार्क बनाउन लागेको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा रु एक करोड ४० लाख बिनियोजन गरिसकेको सो गाउँपालिका कार्यालयले जनाएको छ । बहुबर्षीय योजना अन्तर्गत आफ्नै स्रोतमा डिपिआर गरी प्रक्रिया अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

कूल रु पाँच करोड लाग्ने अनुमान अनुरुप गौरबको आयोजनामा राखेर काम गर्न लागेको गाउँपालिका कार्यालयले जनाएको छ । पृथ्वीराजमार्ग भएर दैनिक सयौँ सवारीसाधन गुड्ने हुँदा यस सडक खण्डमा हुनसक्ने दुर्घटनालाई लक्षित गरी हाइवे इमरजेन्सी अस्पताल एण्ड ट्रमा सेन्टर निर्माण गर्ने योजना बनाइएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker