कोदालो प्रहारबाट आफ्नै बुवा सहित दुई जनाको हत्या

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका २ अवरैयामा एक युवकले कोदालो प्रहार गरी आफ्नै बुवा सहित २ जनाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तका अनुसार २७ वर्षीय हेमराज थारुले शुक्रबार विहान साढे १० बजेतिर आफ्नै बुबा ५० वर्षीय जयाराम थारु र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालोले प्रहार गरी हत्या गरेका हुन् ।

हत्यामा सम्लग्न हेमराज थारु र उनले हत्यामा प्रयोग गरेको हतियार कोदालो घटना स्थलबाट प्रहरीले नियन्त्रणलाई लिएको छ । अहिले घटना स्थलमा प्रहरीले मुचुल्का बनाउने काम भईरहेको प्रहरी नायव उपरीक्षक पन्तले जानकारी दिए ।

प्रहरीका अनुसार हेमराजले बुबा जयाराम थारुको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि उनले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा प्रहार गरेका थिए।

घटनाको जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय सुनवलबाट प्रहरी निरीक्षक सन्तोष पौडेलको नेतृत्वमा ७ जनाको टोली र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी उपरीक्षक अनुपम श्रेष्ठको कमाण्डमा २९ जनाको टोली घटनास्थलमा खटिएको छ ।

घटनाको अनुसन्धान भईरहेको र हत्या कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker