बन्दीपुरमा मौरीपालन तालिम

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाको आर्थिक सहयोग तथा सार्थक मिलन नेपालको आयोजनामा सञ्चालित ‘मौरी पालन पाँच दिने तालिम’ सम्पन्न भएको छ ।
जीविकोपार्जन सुधार, स्वरोजगार सिर्जना तथा कृषकहरूको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा सहभागी कृषकहरूले मौरीपालन सम्बन्धी व्यावहारिक तथा सीपमूलक ज्ञान हासिल गरेका छन्।
तालिम अवधिमा मौरी व्यवस्थापन, घारको संरक्षण, मह उत्पादन, रोग नियन्त्रण तथा व्यवसायिक मौरीपालनका विभिन्न पक्षबारे प्रशिक्षण दिइएको थियो। गाउँपालिकाले यस्ता सीपमूलक तालिमले स्थानीय कृषकलाई आत्मनिर्भर बनाउन तथा आयआर्जन वृद्धि गर्न महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।










