तनहुँमा शिक्षक, चिकित्सक सहित ७ जना संक्रमित थपिए, संक्रमितको संख्या ५ सय नाघ्यो
भञ्ज्याङ समाचारदाता (दमौली)
कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या तनहुँमा पाँच सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले बुधबार दिउँसो र्सार्वजनिक गरेको विवरणमा ५०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका संक्रमित मध्ये ३९९ जना निको भएर घर फर्किएका छन् भने १०१ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराए ।
तनहुँमा ८ हजार ९८६ जनाको स्वाब नमुना संकलन पश्चान गरिएको पीसीआर परीक्षणमा ८ हजार २१९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २६२ जनाको रिपोर्ट आउन बाँकी छ । यस्तै, कोरोना संक्रमणका कारण जिल्लामा ५ जनाको मृत्यु भएको बताइएको छ।
शिक्षक, चिकित्सक सहित ७ थपिए
यस्तै, तनहुँमा बुधबार साँझसम्म गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुरा ७ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित हुनेमा ३ वर्षीया बालिका, तीन जना स्थानीय शिक्षक, चिकित्सक, कर्मचारी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको विवरणमा व्यास नगरपालिका, भानु नगरपालिका र देवघाट गाउँपालिका, भिमाद नगरपालिकामा गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
चितवन मेडिकल कलेज, चितवनको प्रयोगशालामा गरिएको परिक्षणमा भानु-१ की ३ वर्षीया बालिका र देवघाट-५ का ४३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु सम्बन्धित अस्पतालको आईसोलेसमा उपचाररत रहेको बताइएको छ ।
त्यस्तै, क्षयरोग उपचार केन्द्र, पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा व्यास-१२ का ५० वर्षीय पुरुषमा र व्यासका ५१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। कोरोना भाइरस संक्रमण पुष्टि भएका संक्रमित मध्ये ५० वर्षीय संक्रमित कृषि सामग्री कम्पनि लिमिटेडमा कार्यरत कर्मचारी हुने भने ५१ वर्षीय संक्रमित स्थानीय विद्यालयका शिक्षक रहेको स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी गराएका छन् ।
त्यस्तै, क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा व्यास नगरपालिका-३ का २७ वर्षीया पुरुषमा संक्रमण पुष्टि भएको छ । उनि जिल्ला अस्पताल दमौलीमा कार्यरत चिकित्सक हुन । सार्वजनिक विवरण अनुसार भिमाद नगरपालिका-६ का ५२, ५२ वर्षका दुइ पुरुषमा संक्रमण पुष्टि भएको छ । यी संक्रमित दुबै जना स्थानीय विद्यालयका शिक्षक भएको बताइएको छ ।
पछिल्लो समय तनहुँका १० स्थानीय तहका नागरिकहरुमा कोरोना भाइरस संक्रमण देखिन थालेको छ । यता विद्यालयहरु समेत खुल्ला भई पठनपाठन सञ्चालन हुँदै गएको र शिक्षकहरुमा समेत संक्रमण देखिन थालेपछि संक्रमण जोखिम बढ्दै गएको छ ।










