प्रेस चौतारी तनहुँको अधिवेशन माघ २२ गते

दमौली : प्रेस चौतारी नेपाल तनहुँ शाखाको अधिवेशन आगामी माघ २२ गते हुने भएको छ । शाखाको विहीबार सम्पन्न बैठकले अधिवेशन मिति तय गरेको हो । प्रेस चौतारीको स्थापना दिवसको अवसर पारेर अधिवेशन गर्ने निर्णय गरिएको सचिव ऋषिकान्त दुवाडीले जानकारी दिए ।
बैठकले शाखा अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरेको छ । जसअनुसार प्रतिवेदन लेखन उपसमितिमा अध्यक्ष राजकुमार श्रेष्ठ विवि, प्रचारप्रसार उपसमितिमा सचिव ऋषिकान्त दुवाडी, आर्थिक संकलन उपसमितिमा उपाध्यक्ष कृष्ण न्यौपाने, स्वागत सत्कार उपसमितिमा उपाध्यक्ष सम्झना रसाइली र खाना खाजा व्यवस्थापन उपसमितिमा सहसचिव किरण श्रेष्ठ संयोजक रहेको उपसमिति गठन गरिएको छ ।
बैठकले प्रेस चौतारी नेपाल तनहुँबाट प्रतिनिधित्व गर्दै नेपाल पत्रकार महासंघ तनहुँको विभिन्न पदमा निर्वाचित भएकालाई हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।
यस्तै प्रेस चौतारी नेपाल तनहुँ शाखामा स्थापित प्रेस चौतारी पत्रकारिता पुरस्कार शाखाका पूर्व अध्यक्ष त्रिभुवन श्रेष्ठलाई प्रदान गरिने भएको छ । बैठकले शाखामा स्थापित उक्त पुरस्कार पूर्व अध्यक्ष श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त पुरस्कार शाखाको आगामी माघ २२ गते स्थापना दिवसका अवसरमा आयोजना हुने जिल्ला अधिवेशनका क्रममा प्रदान गर्ने निर्णय भएको छ । उक्त पुरस्कारको राशी रु दश हजार रहेको छ ।
प्रेस चौतारीले मरेर बाँचेकाहरु र अन्तिम सन्देश नामक वृत्तचित्र प्रदर्शन गरेर बेचेको रकमबाट रु एक लाखको पत्रकारिता अक्षयकोष स्थापना गरेको थियो । उक्त कोषको व्याजबाट प्रत्येक वर्ष एक जना क्रियाशील पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने गरिएको छ ।
यसअघि उक्त पुरस्कारबाट वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, नारायण खड्का, बसन्ती बास्तोला, कृष्ण न्यौपाने पुरस्कृत भइसकेका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker