आफ्नै नाबालिका छोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा तनहुँमा एक जना पक्राउ

दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँले आफ्नै नाबालिका छोरीमाथि पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मिति २०८३ जेठ ९ गते राति करिब ११ः३० बजे परिवर्तित जिल्ला ३९ अन्तर्गत बस्ने ६४ वर्षीय एक पुरुषले आफ्नी १२ वर्षीया नाबालिका छोरीको सुत्ने कोठामा गई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल खटिएको थियो।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीले आरोपितलाई नियन्त्रणमा लिई पक्राउ गरेको छ । पीडित र आरोपितको पहिचान गोपनीय राख्न कानुनी व्यवस्थाअनुसार नाम तथा ठेगाना परिवर्तन गरिएको प्रहरीले जनाएको छ ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी गराए ।










