बाख्रा फार्ममा भएको आगलागि चार घण्टापछि नियन्त्रण, ६० लाख बराबरको क्षति

भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिका-५ याम्पा स्थित कुमालटारी बाख्रा फार्ममा आगलागि हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय तीन जना कृषकले सञ्चालन गरेको कृषि फार्ममा विहीबार दिउँसो करिब २ बजेको समयमा आगोलागि भएको थियो ।

आधुनिक बाख्राको खोर निर्माणका क्रममा विद्युत सर्ट भएर आगलागि भएको वडा अध्यक्ष ध्रुव लामिछानेले बताए । कृषि फार्ममा करिब १२० वटा बाख्रा र २०० वटा कुखुरा पाल्दै आइएको थियो । वडा अध्यक्ष लामिछानेका अनुसार दिउँसोको समयमा आगोलागि भएको हुँदा खोरमा रहेका बाख्रालाई बाहिर निकाल्न सफल भएपनि केही कुखुरा भने जलेका छन् ।

कृषकहरु चेतप्रसाद तिवारी, कुलप्रसाद तिवारी र विष्णु अम्गाईले संयुक्त रुपमा उक्त कृषि फार्म सञ्चालन गर्दै आएका थिए । करिब दुइ करोड रुपैयाँ लगानि गरिएको उक्त कृषि फामलाई आधुनिक बनाउने गरी काम सञ्चालन भइरहेको कृषकहरुले बताएका छन् ।

विद्युत लाइनको प्रयोग गरी काम भइरहेको स्थानमा पराल राखिएको र उक्त परालमा अचानक आगो सल्कन गएको बताइएको छ । राजमार्ग स्तरोन्नतीको काममा खट्टएिका पानी ट्याङकर, बन्दिपुर गाउँपालिका र व्यास नगरपालिकाको दमकल, स्थानीय, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सहयोगमा करिब चार घण्टा पछि आगो नियन्त्रणमा लिएको थियो ।

उक्त आगलागिबाट कृषि फार्ममा रहेका बाख्रा तथा कुखुराको खोर ८० प्रतिशत भन्दा बढि जलेर काम नलाग्ने अवस्थामा पुगेको कृषक चेतप्रसाद तिवारीले बताएका छन् । आगलागिबाट भएको क्षतिको पूर्ण विवरण बाँकी रहेको तनहुँ प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker