चितुवाको आक्रमणमा परी बन्दिपुरका तीन वर्षीय बालक गम्भिर घाइते

भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिका-१ उपल्लो फाँटमा चितुवाको आक्रमणमा परी एक बालक गम्भिर घाइते भएका छन् ।

घर आँगनमा खेलिरहेको अवस्थामा चितुवाले साँझ करिब ६ः३० बजेको समयमा आक्रमण गर्दा स्थानीय सुभाष परियारका तीन वर्षीय छोरा सुलभ गम्भिर घाइते भएको गाउँपलिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले बताए ।

चितुवाले बालकको घाँटीमा दाँत गाँढेर गम्भिर घाइते बनाएको र उनको डुम्रे स्थित मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरी चितवन पठाइएको थापाले बताए ।

घर भित्र आमा खानाबनाउँदै गरेको र बालक आँगनमा खेलिरहेको अवस्थामा अचानक चितुवाले आक्रमण गरेको आमाले थाहापाएपछि हल्लाखल्ल गरी करिब ५० मिटरको दुरीबाट चितुवाको पञ्जाबाट बालक फुत्काउन सकिएको वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

बन्दिपुर-१ क्षेत्रमा पछिललो समय चितुवाको आक्रमण बढ्दै गएपछि डिभिजन वन कार्यालय तनहुँको समन्वयमा तीन वटा फलामको खोरमा पासो थापिएपनि खोरमा चितुवा नपरेको वडाध्यक्ष श्रेष्ठले बताए ।

चितुवा आक्रमण बढ्दै गएपछि प्रभावित क्षेत्रमा काठको खोरमा पासो थापि नियन्त्रण गर्ने विषयमा डिभिजन वन कार्यालयसंग छलफल गर्ने तयारी गरिएको उनले बताए ।

यस क्षेत्रमा दैनिक जसो चितुवाले बाख्रा, गाईगोरु, भैसीलाई आक्रमण गर्ने र घरआँगनमै आएर बालबालिकालाई समेत आक्रमण गर्न थालेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker