करापुटार-डढुवा सडकको आरसिसि ढलान कार्य ५० प्रतिशत सम्पन्न

जनक श्रेष्ठ/लमजुङ

लमजुङको करापुटार-डढुवा-साल्मे भञ्जाङ सडकखण्ड अन्तर्गत करापुटार-डढुवा सडकखण्ड आरसिसि ढलान कार्य ५० प्रतिशत सम्पन्न भएको छ । मध्यनेपाल नगरपालिका र क्व्होलासोथर गाउँपालिका जोड्ने यस सडकखण्ड अन्तर्गत मध्यनेपाल नगरपालिकाको वडा नं. ७ करापुटारदेखि वडा नं. ८ डढुवासम्मको ९ किलोमिटर ढलान कार्य अझै ५० प्रतिसत बाँकी रहेको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।

कार्यालय प्रमुख विवेक सिग्देलका अनुसार हालसम्म ४ किलोमिटर ढलान कार्य सम्पन्न भएको छ । थप सडक ढलान गर्न सडक फराकिलो बनाउने, नाली बनाउने, पर्खाल लगाउने कार्य भइरहेको उनले बताए । ९ किलोमिटर ढलान हुने यस सडकखण्डको जंगल रहेको चार किलोमिटरमा सडकको चौर्डाई चार मिटर ढलान हुने र अरु बाँकी भागमा पाँच मिटर ढलान हुने र ढलान मोर्टाई भने २० सेन्टिमिटरको हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । उनले भने, ‘यहाँ धेरै स्टक्चरको काम सम्पन्न भइसकेको छ ।’

सडक ढलान गर्नका लागि गण्डकी प्रदेश सरकारको ३१ करोड २३ लाख ३० हजार २६९ रुपैयाँ लागतमा निर्माण कार्य भइरहेको छ । रसुवा जयदम्बा जेभी धादिङले वि.सं. २०७८ असोज महिना १३ गते निर्मााणको सम्झौता गरेको थियो ।

वि.सं. २०८१ असोज १३ गतेभित्रमा यस सडक ढलान सम्पन्न गरिसक्नुपर्ने पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर सिग्देलले बताए । उनका अनुसार निर्धारित समयअवघि भन्दा केही महिना थप गर्नुपर्ने सम्भावना देखिएको छ । आगामी कात्तिक/मंसिर महिनासम्म यस सडकखण्डको ढलान कार्य सम्पन्न हुने उनले बताए ।

गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गत रहेको यस सडक जिल्लाको मेरुदण्डको रुपमा हेरिएको छ । करापुटार-डढुवा-साल्मे भञ्जाङ- मालिङ-कपुरगाउँ हुँदै लमजुङ सदरमुकाम बेँसीसहर जोडिने यस सडक जिल्लाको रिङरोड सडक रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

यस सडक करापुटारस्थित मध्यपहाडी लोकमार्गमा जोडिने छ । सडक सम्पन्न भए पश्चात् क्व्होलासोथर गाउँपालिका वासी र मध्यनेपाल नगरपालिका वासीलाई गण्डकी प्रदेश राजधानी पोखरा जोडिने सडक रहेकाले उक्त पालिकावासी बढी लाभान्वित हुने भएका छन् ।

यस्तै, यस करापुटार-डढुवा- साल्मे भञ्जाङ सडक अन्तर्गत डढुवादेखि साल्मेसम्मको सडकखण्ड स्तोरोन्ती कार्य भइरहेको छ । विसं. २०७६ फागुन ७ गते सम्झौता गर्दै विसंं २०७८ फागुन ६ गतेसम्म सम्पन्न गर्नुपर्ने भएपनि सम्पन्न भएन । सो पश्चात् म्याद थप गर्दै आगामी असार महिनासम्मको अवधि रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । हालसम्म ९२ प्रतिशत वित्तिय प्रगति रहेको छ ।

ग्राभेल, स्टक्चरको काम सम्पन्न भएको छ । १०० मिटर नाली निर्माण गर्न बाँकी रहेको छ । एक ठाउँमा पर्खाल उठाउने कार्य भइरहेको छ । त्यस्तै, डेन लिटर पोष्टहरु राख्ने कामहरु भइरहेको छ । यी काम सम्पन्न भएसँगै यस खण्डको सबै काम सम्पन्न हुने बताइएको छ ।

प्रदेश सरकारकै लगानीमा १७ करोड ६१ लाख रुपैयाँमा मोतिदान कम्पनीले सडक स्तोरोन्नती कार्यको जिम्मा लिएको छ । नालासहित ८ मिटर चौडाइको सडकखण्ड हुने भएको छ । यस सडकखण्डको निर्माण कार्य असार महिनाभित्र नै सम्पन्न हुने उक्त कार्यालयले जनाएको छ ।

कार्यालय अनुसार यस सडकखण्ड अन्तर्गत नै साल्मे भञ्ज्याङदेखि मालिङसम्मको पाँच किलोमिटर सडकको लागि २५ करोड रुपैयाँमा ठेक्का निकालेको छ । त्यस्तै, सोही सडकमा साढे तीन किलोमिटर ढलान कार्य गर्ने प्रक्रियामा रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

यहाँ सडक स्तरोन्नती र ढलान हुन लागेपछि स्थानीयहरु हर्षित भएका छन् । ग्रामीण कच्ची सडकमा जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीयहरु सहज रुपमा र केही समय समेत छोटिने भएको छ । यस कार्यालयले धमाधमा मोटरेवल पुल, सडक स्तरोन्तती गर्ने कार्य जिल्लाका विभिन्न स्थानमा गरिरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker