व्यास नगरपालिकाले बाढीपीडितका लागि रु ५ लाख ५१ हजार सहयोग गर्ने

दमौली : भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि व्यास नगरपालिकाले पाँच लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । व्यास नगरपालिकाले विपद् पुनःस्थापना कोषबाट रु. ५ लाख ५१ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

बुधबार बिहान भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी किनारमा ठूलो धनजनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले विपद्को यस घडीमा प्रभावितको उद्धार तथा राहतका लागि सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।

नगरपालिकाले आफ्ना जनप्रतिनिधि तथा कर्मचारीका तर्फबाट समेत पछि निर्णय भएबमोजिम थप सहयोग गरिने जनाएको छ । राष्ट्रिय विपद्को अवस्थामा नगरपालिकाका तर्फबाट गरिने अन्य सहयोगका लागि जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय भइरहेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

त्यसैगरी, व्यास नगरपालिका अन्तर्गतका सामाजिक संघसंस्थाले बाढीपीडितका लागि सहयोग संकलन गर्न चाहेमा जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी सहयोग संकलन तथा वितरण गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

नगरपालिकाले बाढी प्रभावित क्षेत्रमा पुगेर हालसम्म सम्पर्कमा नआएका नगरवासी भए सम्बन्धित आफन्तले नगरपालिकालाई जानकारी गराउनसमेत आग्रह गरेको छ । बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नगरपालिकाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker