सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पिसिआर परीक्षण अनुसार सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण भए पनि कुनै प्रकारको असजिलो महसुस नभएको र होम आइसोलेशनमै रहेको उनले बताएका छन् । कोरोना संक्रमण बढिरहेको अवस्थामा सांसद श्रेष्ठले सबैलाई सुरक्षित रहनका लागि आग्रहसमेत गरेका छन् ।
यस्तै, नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालमा कोभिड-१९ को संक्रमण देखिएको छ । पिसिआर परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव कृष्ण भट्टराइले जानकारी दिए । संक्रमण भएपछि खनाललाई अहिले थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको छ । यसअघि खनाललाई संक्रमण भएपछि मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । संक्रमणको दोस्रो लहर आएपछि धेरै मानिसलाई संक्रमण हुन थालेको छ । सरकारकै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापामा पनि कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।










