जातीय विभेद र छुवाछुतमुक्त व्यास नगर बनाउन जनप्रतिनिधिको प्रतिबद्धता

दमौली : व्यास नगरपालिका क्षेत्रलाई जातीय विभेद र छुवाछुतमुक्त पालिका बनाउन स्थानीय जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । व्यास नगरपालिका–२ दमौलीस्थित सगुन मल्टिमिडिया प्रालिको आयोजना र व्यास नगरपालिकाको सहयोगमा दमौलीमा सम्पन्न ‘जातीय विभेद र छुवाछुत अन्त्यका लागि समस्या र समाधानका उपाय’ विषयक साक्षात्कार कार्यक्रममा व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले दलित समुदायमाथिको विभेद न्यूनीकरणका लागि पालिका गम्भीर रहेको बताउनुभयो ।
पालिकामा छुवाछुत र जातीय विभेदका घटना नहोस् भन्नेका लागि आफूले वडाध्यक्षलगायत समुदायलाई सचेत रहन निर्देशन गरिसकेको उहाँले बताउनुभयो । “पालिकामा जातीय विभेदका घटना नहोस् भन्नेमा हामी गम्भीर छौँ । अब पनि जातीय आधारमै छुवाछुत र विभेद हुने कुरा निन्दनीय विषय हो । यसको अन्त्यका लागि हामी सबैले सामूहिक प्रतिवद्धता जनाएर अगाडि बढ्नुपर्छ ।”
कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमन्त्री डोवाटे विश्वकर्माले दलित समुदायले अझै पनि मानिस हौँ भनेर सङ्घर्ष गर्नुपर्ने अवस्था रहेकामा दुःख व्यक्त गर्नुभयो । विभेद अन्त्यका लागि दलित समुदाय सङ्गठित बन्नुपर्ने र यसमा अन्य समुदायको पनि सहयोग आवश्यक रहेकामा जोड दिनुभयो ।
कार्यक्रममा व्यास नगरपालिका उपप्रमुख इन्दिरा दरैले पनि जातीय छुवाछुत र विभेद न्यूनीकरणका लागि सङ्गठित हुन आवश्यक रहेको बताउनुभयो । जातीयलगायत हरेक किसिमका विभेद अन्त्य गर्न व्यास नगरपालिका अग्रसर रहेको उहाँले बताउनुभयो ।
सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले दलित र गैरदलितबीच अन्तरघुलनका कार्यक्रम तर्जुमा गरी समस्या समाधानमा जुट्न आवश्यक रहेको बताउनुभयो । दलितको समस्याले अझै पनि समाजमा प्राथमिकता पाउन नसकेको प्रमुख प्रशासकीय अधिकृत गैरेले बताउनुभयो छ ।
कार्यशालामा अधिवक्ता अमृत नेपालीले जातीय विभेद र छुवाछुतविरुद्ध विद्यमान कानुनी प्रावधान र नेपाल पत्रकार महासङ्घ नेपाल तनहुँ शाखाका अध्यक्ष उज्ज्वल पौडेलले सञ्चारमाध्यममा दलित समुदायका विषयबारे सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा व्यास नगरपालिकाका १४ वडाका दलित महिला जनप्रतिनिधि, पत्रकारलगायत अगुवाको सहभागिता रहेको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker