बन्दिपुरको सपना : अपुरो रहे पर्यटकीय पूर्वाधार

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

पहाडकी उपनामले परिचित पर्यटकीय नगरी बन्दिपुरको महत्व विशेष छ । यहाँको विशेषतालाई थप उजिल्याउन गाउँपालिका र स्थानीय बासिन्दा लागि परेका छन् ।

पर्यटकीय महत्व बोकेको सुन्दर गाउँपालिका बन्दिपुरलाई संसारभर चिनाउने सपना बोकेका अध्यक्ष पूर्ण सिंह थापाको कार्यकाल सकिनै लागेको छ ।

पर्यटकीय रुपमा नै विकास गर्ने लक्ष्यसहित २० वर्षे गुरुयोजना तयार पारेर अघि बढेको बन्दिपुर विकासको गतिमा अघि बढिरहेको छ ।

पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले पर्यटन लक्षित पूर्वाधारहरु मिनी ग्रेटवाल, केबलकार, साइकल लेन, रक क्लाइमिङ, जीपलाइनदेखि शीशाको भ्यूसमेत बनाउने योजना बनाएको छ ।

गाउँपालिका अध्यक्ष थापाले पर्यटनलाई मात्र होइन, पालिकामा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारको क्षेत्रका कामलाई पनि प्राथमिकतामा राखेका छन् ।

कार्यकाल सकिन केही समय मात्रै बाँकी हुँदा पनि थापाले आफुले अगाडि बढाएका दीर्घकालिन महत्वका आयोजना तथा कार्यक्रमलाई पूर्णता दिने प्रयासमा खट्टएिका छन् ।

गाउँपालिकाले बन्दिपुरमा पर्यटन प्रवर्द्धनकै लागि चार किलोमिटर लामो मिनी ग्रेटवाल निर्माण कार्य अघि बढाएको छ । चार किलोमिटरको बन्दिपुर मिनी ग्रेटवाल निर्माणको योजना मध्ये अहिलेसम्म १४ सय मिटरको काम सम्पन्न भइसकेको छ ।

गाउँपालिका अध्यक्ष थापाका अनुसार १९ करोड लागतमा निर्माण गर्न लागिएको मिनी ग्रेटवालको १ करोड रुपैयाँको काम भइसकेको छ। हालै ५ करोडको टेण्डर परेको उनले बताए ।

बन्दिपुर मिनी ग्रेटवाल नाम दिइएको मणिमुकुन्देश्वरी पर्खाल निर्माणको काम जारी राखिएको छ । यो आधुनिक पदमार्ग बन्दिपुर बजारबाट सुरु भई थानीमाई, समिभञ्ज्याङ् हुँदै मुकुन्देश्वरी गढी जोड्ने योजना छ ।

सय गन्तब्य मध्ये एक कार्यक्रम तथा गाउँपालिकाबाट निकासा भएको गरी अहिलेसम्म एक करोड रुपैयाँको काम भइसकेको गाउँपालिका अध्यक्ष थापाले बताए ।

‘थानीमाई मुकुन्देश्वरी पर्यटकीय पदमार्ग’ नामाकरण गरी थालिएको पदमार्गको चौर्डाई चार मिटर र पर्खालको उचाई २ फिट रहने अध्यक्ष थापाले बताए ।

गण्डकी प्रदेशस्थित तनहुँ जिल्लामा अवस्थित पर्यटकीय महत्व बोकेको बन्दिपुर गाउँपालिका १०२ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका हो ।

आ.व. २०७०/७१ (२०७१ बैशाख २५ गते) मा साविक धरमपानी र बन्दिपुर गाउँ विकास समितिहरुलाई समेटेर बन्दिपुर नगरपालिका घोषणा गरिएको थियो। गाउँपालिकाले बन्दिपुर ग्रेटवाल जस्तै अन्य थुप्रै महत्वाकांक्षी योजनाहरु अघि सारेको छ ।

यस्तै, गाउँपालिकाले कृषि क्षेत्रमा पनि पालिकाले महत्पूर्ण कामहरु गरेको गाउँपालिका अध्यक्ष थापाले बताए । चक्लाबन्दी कार्यक्रमदेखि कृषि क्षेत्रलाई आधुनिकीकरणमा ढाल्ने काम पनि पछिल्लो दुइ वर्षमा भएका छन् ।

गाउँपालिकामा फलफूल जोन, बाख्रा पकेट क्षेत्र, दूध पकेट क्षेत्र हुँदै तरकारी पकेट क्षेत्र विस्तार भएको छ । बन्दीपुर अहिले तरकारमा आत्मनिर्भर भइसकेको थापाले दाबी गरे ।

कृषि क्षेत्रमा युवा आकर्षण बढाउन युवाहरुलाई कृषि तालिमहरु प्रदान गरिएका छन् । गएको आर्थिक वर्षदेखि पालिकाले दुग्ध किसानहरुलाई प्रोत्साहित गर्न भन्दै दूधमा प्रतिलिटर एक रुपैयाँ अनुदानसमेत दिइएको थापाले बताए ।

मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडको तनहुँ, कास्की, लमजुङ, गोरखा र मनाङका लागि दक्षिणबाट सामान ल्याउने मुख्य नाकाको रुपमा बन्दिपुर रहेको थियो ।

बन्दिपुर तनहुँ जिल्लाको पुरानो सदरमुकाम हो र वि.सं. २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि बन्दिपुरले भने पछाडी फर्किनु परेको छैन ।

मुख्यतः पर्यटकीय रुपमा बन्दिपुरलाई विश्वसामु चिनाउने सपना देखेका अध्यक्ष थापाको कार्यकाल सकिएपछि नयाँ आउने जनप्रतिनिधिहरुले २० वर्षे गुरुयोजनालाई कसरी अघि बढाउने हुन्, त्यो भने हेर्न बाँकी नै छ ।

अहिले स्थानीय तहको निर्वाचन संघारमै आइसकेको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको नेतृत्व दाबी गर्दै विभिन्न दलका दर्जन नेताहरु मैदानमा उत्रिएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker